• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ‘संसद्को हिउँदे अधिवेशनबाट मन्त्रालय सम्बद्ध ऐनहरू संशोधन हुनेछन्’

    1K
    SHARES



    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले संसद्को हिउँदे अधिवेशनबाट मन्त्रालय सम्बद्ध ऐनहरू संशोधन हुने बताएका छन् ।

    नेपाल पर्वतारोहण सङ्घको ३४ औं वार्षिक साधारण सभालाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै हाल संसद् अधिवेशन अन्त्य भएकाले आगामी हिउँदे अधिवेशनबाट विभिन्न ऐनहरुलाई अघि बढाउने बताएका हुन् ।

    पर्यटन, संस्कृति, हवाई उड्यन, लगायतका नीतिहरू परिमार्जन गर्न खोजिरहेको उनले जानकारी दिए। त्यस्तै उनले नेपाल पर्वतारोहण सम्बन्धी ऐनमा परिमार्जनका लागि सुझाव दिन आग्रह गरे । उनले नेपाल एयरलाइन्सलाई चलायमान बनाउन जरुरी रहेको अवस्थामा तत्परताका साथ लाग्ने धारणा राखे ।

    मन्त्री पाण्डेले मुलुकको दुई पार्टीको सिन्डीकेट नभइ मुलुक बनाउनका लागि सबै दलहरूलाई जोड्दै अघि बढ्न चाहेको उल्लेख गरे । उनले अनिलको सरकार ८४ सम्म चल्ने र मुलकको समृद्धि र विकासका लागि काम गर्ने बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया