जनकपुरधाम । मुस्लिम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा आज मधेश सरकारले सार्वजनिक बिदा दिएको छ ।
गृह, संचार तथा कानुन मन्त्रालयले शुक्रबार नै सूचना जारी गर्दै आज पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा सार्वजनिक बिदा रहेको जनाएको थियो ।
मन्त्रिपरिषद्को २०८० साल चैत ११ गतेको बैठकले पैगम्बर मोहम्मदको जन्मदिनमा बिदा दिने निर्णय गरेको हो । संघीय सरकारले भने आज मुस्लिम धर्मावलम्बीहरूलाई मात्रै बिदा दिएको छ ।
प्रतिक्रिया