• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नेपालसँग नजिक रहेका भारतीय कम्युनिस्ट नेता येचुरीको निधन

    1.3K
    SHARES



    काठमाडौं । भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको बिहीबार निधन भएको छ । भारतीय अखबार हिन्दुका अनुसार श्वास प्रश्वासमा समस्या भएपछि ७२ वर्षीय येचुरी केही समयदेखि उपचारमा थिए ।

    अत्यधिक ज्वरो आएपछि उनलाई १९ अगस्टमा एम्स अस्पताल दिल्लीमा भर्ना गरिएको थियो । पछिल्लो २५ दिनदेखि उनको उपचार चलिरहेको थियो ।

    येचुरीकी श्रीमती, एक छोरा र एक छोरी छन् । उनका एक छोराको कोभिड संक्रमणका कारण सन् २०२१ मा निधन भएको थियो । उनी सन् २०१५ मा भाकपा मार्क्सवादीका महासचिव चुनिएका थिए । उनी पार्टीमा ३ पटकसम्म महासचिव बनेका थिए ।

    येचुरीकी पत्नी सीमा चिश्ती पत्रकार हुन् । एक अन्तरवार्तामा उनले आफूलाई पत्नीले आर्थिक रूपमा सघाइरहेको बताएका थिए । उनको पहिलो विवाह इन्द्राणी मजूमदारसँग भएको थियो ।

    नेपालको शान्ति प्रक्रियालाई समेत येचुरीले सघाएका थिए । जनआन्दोलन चल्दा येचुरी लगायत नेताले भारतमा सोलिडारिटी ग्रुप बनाएका थिए ।

    त्यस बेला भारतको केन्द्रीय सरकारमा येचुरीको दल सीपीएम समेत थियो, जसले विद्रोही माओवादीलाई शान्तिपूर्ण अवतरण गराउन भूमिका खेलेको थियो ।

    जवाहरलाल नेहरु विश्वविद्यालयमा विद्यार्थी युनियनको अध्यक्षसमेत बनेका येचुरी नरम लोकतन्त्रवादी कम्युनिस्ट मानिन्थे । अस्पतालबाट जारी गरिएको विज्ञप्तिका अनुसार उनको शरीर शिक्षण र अनुसन्धानका लागि अस्पताललाई दान गरिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया