• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    शुक्रबार बस्‍नेगरी संवैधानिक परिषदको बैठक स्थगित

    883
    SHARES



    काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसको एजेण्डाबारे छलफल गर्न बुधबार बेलुकी बोलाइएको संवैधानिक परिषदको बैठक शुक्रबार अपरान्हसम्मका लागि सरेको छ ।

    संवैधानिक परिषदको सचिवालयले २८ भदौंको अपरान्हसम्मका लागि बैठक सारिएको भनी सूचना पठाएको हो । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि परिषदको बैठक डाकिएको हो ।

    प्रधानन्यायाधीश अवकाश हुनुभन्दा एक महिनाअघि नयाँ प्रधानन्यायाधीशको सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैको तयारी स्वरुप न्यायपरिषद सचिवालयले सर्वोच्च अदालतमा तीन वर्ष काम गरिसकेका आठ जना न्यायाधीशहरुको सूची संवैधानिक परिषदको सचिवालयमा पठाएको थियो ।

    न्यायाधीश प्रकाशमान सिंह राउत सर्वोच्च अदालतमा बरिष्ठतम न्यायाधीश छन् । अहिलेसम्म संवैधानिक परिषदले सर्वोच्च अदालतको बरिष्ठतम न्यायाधीशलाई नै प्रधानन्यायाधीशमा सिफारिस गरिरहेको छ । नाम सिफारिस र संसदिय सुनुवाईबाट अनुमोदन भए उनी करिव १८ महिना प्रधानन्यायाधीश हुनेछन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया