• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    अविरल वर्षासँगै पहिरो झरेपछि बेनीसँगको सडक सम्पर्क विच्छेद

    703
    SHARES



    काठमाडौं । अविरल वर्षासँगै झरेको पहिरोले म्याग्दी सदरमुकाम बेनीसँगको सडक सम्पर्क विच्छेद भएको छ । बेनी–बाग्लुङ र बेनी–जोमसोम दुबै तर्फका सडक पहिरोले अवरुद्ध भएकाले सडक सम्पर्क विच्छेद भएको हो ।

    जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी एवम् इन्सपेक्टर राजन रायमाझीले गएराति पहिरो झरेकाले सडक अवरुद्ध भएको बताए । उनका अनुसार दुई अन्नपूर्ण गाउँपालिका ३ गुइँठेभिर र सुकेबगर तथा अन्नपूर्ण गाउँपालिका २ को भुरुङभिरमा झरेको पहिरो पन्छाइए पनि अन्य ठाउँको पहिरो पन्छाएर सकिएको छैन ।

    बेनी–जोमसोम सडकखण्डको अझै दुई ठाउँमा पहिरो छ । सो सडकखण्डको रघुगंगा–२ चनौटे र अन्नपूर्ण गाउँपालिका–७ महभिरमा झरेको पहिरो पन्छाउने काम जारी छ । म्याग्दी–बागलुङ सडकखण्ड अन्तर्गत बेनी नगरपालिका २ सिममा पनि पहिरो खसेको छ । त्यहाँको पहिरो पन्छाएर एकतर्फी बाटो खुलाइएको छ ।

    सिमबाट अगाडि बढे पनि फेरि अर्को पहिरो बागलुङ खण्डमा झरेकाले गाडीहरु रोकिनु परेको छ । पहिरोका कारण सडक अवरुद्ध भएकाले दर्जनौं सवारी साधनमा सवार सयौं यात्रु अलपत्र परेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया