• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बालेन समर्थकले किन चलाए ओलीविरुद्ध अनफलो अभियान ?

    1K
    SHARES



    काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)का समर्थकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अनफलो अभियान चलाइरहेका छन् । पछिल्लो समय सामाजिक सञ्जालमा बालेन र एमालेबिच टसल देखिएसँगै अनफलो अभियान चलेको हो ।

    प्रधानमन्त्री ओलीको सामाजिक सञ्जाल फेसबुकमा ६ लाख ६२ हजार फलोअर रहेकोमा यो अभियान पछि बुधबार बिहान उनको फलोअर घटेर ६ लाख २ हजारमा पुगेको छ । अभियान चलेको २४ घण्टा बित्न नपाउँदै ओलीको फलोअर ६० हजारले घटेका हुन् ।

    बालेन शाहको एमाले सांसदविरुद्धको एक पोस्ट सरकारले हटाइदिएको आरोप लगाउँदै उनका समर्थकले यस्तो अभियान चलाएका हुन् । आफ्नो पोस्ट फेसबुकबाट गायब भएपछि बालेनले लेखेका थिए–’पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार । म गलत हो भने मलाई समाऊ, हैन भने दोषी समाऊ ।’

    उनको यो पोस्टपछि समर्थकहरूले प्रधानमन्त्री ओलीविरुद्ध अनफलो अभियान चलाएका हुन् । त्यसो त एमाले र बालेनबिच काठमाडौँको नदी किनाराको २० मिटर क्षेत्र खाली गराउने विषयमा पनि विवाद छ ।

    एमालेले यसविरुद्ध संगठितरुपमै विरोध र ज्ञापनपत्र काठमाडौँ महानगरलाई बुझाएको छ । यो विषय महानगरकै नगरसभामा पनि प्रवेश भएको छ । मंगलबारको बैठकमा उपमेयरले सुनिता डंगोल र केही वडाध्यक्षहरुले बालेनको आलोचना गरेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया