• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    कोशीमा सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी

    0.9K
    SHARES



    काठमाडौँ । माओवादी केन्द्रले कोशी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। शुक्रबार प्रदेशसभा बैठक बस्दैछ, बैठकअघि नै सरकारलाई दिएकाे समर्थन फिर्ता लिने माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

    १७ असारमा कांग्रेस एमालेबीच सत्तासमीकरण बनेपछि काेशीमा माओवादी केन्द्रले ११ साउनमा सरकार छाडेकाे थियाे, तर समर्थन फिर्ता लिएको छैन । ‘आज दलकाे बैठक बस्दैछ, बैठकपछि समर्थन फिर्ता लिन्छौं’, आङ्बाेले भने,’ माओवादी प्रतिपक्ष बस्छ ।’

    नेकपा माओवादी केन्द्रकाे समर्थनमा हिक्मतकुमार कार्की संविधानकाे धारा १६८ काे उपधारा ५ अनुसार गत २७ बैशाखमा मुख्यमन्त्री बनेका थिए । १७ असारमा कांग्रेस र एमालेबीच नयाँ समीकरण बनेपछि केन्द्रसहित सातवटै प्रदेशमा माओवादी प्रतिपक्षमा पुगेकाे छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ