• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कर्णाली समाचार

    हुम्लामा माटोको ढिस्कोले पुरिएर ४ जना घाइते

    1.5K
    SHARES



    काठमाडौँ । हुम्लामा माटोको ढिस्कोले पुरिएर ४ जना घाइते भएका छन् । अदानचुली गाउँपालिका–२ छपालीस्थित सड्क खण्डमा ग्याबिन जाली भर्नको लागि खाल्डो खन्दामाथिबाट माटोको ढिस्को खसेर चारजना घाइते भएका हुन् ।

    घाइते हुनेहरुमा अदानचुली–४ घर भएका ४४ वर्षीय घमण्डी थापा, ५५ वर्षीय धनसोभा बुढा, २६ वर्षीय संगे महतरा र २३ वर्षीय युवराज बुढा छन् ।

    उनीहरूलाई शनिवार उद्धार गरेर उपचारको लागि स्वास्थ्य चौकी बाजुराको कोल्टीमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ