• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    लेन मिचेको भिडिओ भाइरल बनेपछि सरकारी गाडीका चालक परे कारबाहीमा

    1.6K
    SHARES



    काठमाडौँ । लेन मिचेर भिडिओ भाइरल बनेको सरकारी गाडीका चालकलाई प्रहरीले कारबाही गरेको छ।

    शुक्रबार साँझ करिब ६ बजेतिर सातदोबाटोबाट ग्वार्कोतर्फ जानेक्रममा आकाशे पुल अगाडि लेन परिवर्तन गर्न गाडीले डिभाइडर नै नाघेर लेन परिवर्तन गरेको थियो।

    जल उत्पन्न प्रकोप नियन्त्रण विभागको बा १ झ ७६७४ नम्बरको गाडीले यसरी लेन मिचेको सामाजिक सञ्जालमा भिडिओ भाइरल बनेको थियो।

    आइतबार ललितपुर जिल्ला प्रहरी ट्राफिक कार्यालयले उक्त सवारीसाधन फेला पारी कारबाही गरेको हो।

    उक्त सवारीका चालकलाई लेन अनुशासनमा कारबाही गरिएको हो। अहिले ग्वार्कोमा फ्लाइओभर निर्माणको काम जारी छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया