• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    809
    SHARES



    काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ विभागीय मन्त्रीहरूले दिने कार्यसूची छ ।

    आज परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनेलगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

    साथै सभामुखले विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयहरूको विभिन्न शीर्षकहरूमा प्रतिनिधिसभा सदस्यहरूबाट प्रस्तुत खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

    अर्थ मन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । उनले ‘आर्थिक विधेयक, २०८१ माथि विचार गरियोस्’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथि विचार गरियोस्’ र ‘भन्सार महसुल सम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जानकारी दिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया