• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद समाचार

    यू-१९ विश्वकप एसिया छनोटमा हङकङसँग खेल्दै नेपाल

    796
    SHARES



    काठमाडौँ । यू-१९ विश्वकप एसिया छनोटमा नेपालले आज हङकङसँग खेल्दैछ। तल्लो मुलपानी क्रिकेट ग्राउन्डमा बिहान साढे ९ बजेदेखि नेपाल र हङकङबीचको खेल सुरू हुनेछ।

    प्रतियोगितामा नेपालले यसअघिका दुई खेल जितिकसेको छ। पहिलो खेलमा युएईलाई ५ रनले हराएको नेपालले दोस्रो खेलमा ओमानलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो।

    प्रतियोगितामा नेपाल, युएई, ओमान, हङकङ र अफगानिस्तान छन्। प्रतियोगितामा नेपाल, अफगानिस्तान र युएईले सिधा छनोट खेल्दा हङकङ र ओमानले छनोट पार गरेका हुन्।

    यो छनोटको विजेता मात्र सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने आइसिसी यू-१९ विश्वकपमा छनोट हुनेछ। यो छनोटमा नेपालको मुख्य चुनौती अफगानिस्तान देखिएको छ।

    यद्यपी अरु टोलीसँगको हारले नेपालको यात्रा सकिन सक्छ। त्यसैले अरु टोलीलाई हराउँदै अफागानिस्तानको तगारो पन्छाउन सके नेपालले नवौं पटक विश्वकप खेल्नेछ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ