• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    रास्वपालाई विश्वप्रकाशको सुझाव- पार्टीको नाम फेर्ने साहस राख्नुस्

    2.1K
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रथम राष्ट्रिय सम्मेलन सफलताको शुभकामना दिँदै पार्टीको नाम फेर्न सुझाव दिएका छन्।

    महामन्त्री शर्माले स्वतन्त्र शब्द छाडेर दलको नाम जुराउने साहस राख्न रास्वपालाई आग्रह गरेका हुन्।

    ‘नयाँ दलको प्रथम राष्ट्रिय सम्मेलन सफलताको शुभकामनासहित सुझाव- कतिपय असन्तुष्टिको माहौलमा स्वतन्त्र मन बनाएका कतिपय नागरिकको भावनात्मक आवेग क्यास गर्न स्वतन्त्र नाम रोज्नुभयो, एउटा आकार बनाउनुभयो। अब स्वतन्त्र छाडेर दलको नाम जुराउने साहस राख्नुस्,’ रास्वपाको नाम उल्लेख नगरी शर्माले मंगलबार सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका छन्।

    रास्वपाको राष्ट्रिय सम्मेलन काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा मंगलबारदेखि सुरू भएको छ। त्यसतर्फ लक्ष्य गर्दै उनले सम्मेलन सफलताको पनि शुभकामना दिएका छन्।

    साथै शर्माले सहकारी संस्था बचत दुरूपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिले प्रतिनिधि सभामा पेस गरिसकेको प्रतिवेदनका विषय पनि उल्लेख गरेका छन्।

    रास्वपाका कतिपय सांसदहरूले सहकारी प्रकरणमा सभापति रवि लामिछानेलाई संसदीय समितिले क्लिन चिट दिएको दाबी गरेका थिए।

    ती अभिव्यक्तिहरूप्रति लक्ष्य गर्दै शर्माले भनेका छन्, ‘क्लिन चिट कि क्लियर चिट स्पष्ट हुनुस्। प्रचलित कानूनबमोजिम कारबाहीका लागि सिफारिस गर्ने प्रतिवेदनको यो सुस्पष्ट निर्णय पढौं, भ्रम नछरौं। बरू क्लियर चिट किटान गरेको छ प्रतिवेदनले। चिटको अर्थ बेइमानी, अंग्रेजीका ज्ञाता मित्रहरू बुझ्नु हुन्छ नै।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया