• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बसन्तपुरबाट बालेन समर्थक १३ जना प्रहरी नियन्त्रणमा

    646
    SHARES



    काठमाडौँ । इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको तस्बिर अंकित टिसर्ट लगाएर बसन्तपुर पुगेका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई काठमाडौं प्रहरी बृत्त जनसेवामा राखिएको छ ।

    बालेनको टिसर्ट लगाएका आएका व्यक्तिहरूलाई स्थानीयहरूले विरोध गरेपछि उनीहरूकै सुरक्षाका लागि नियन्त्रणमा लिएको प्रहरीले दाबी गरेको छ ।

    ‘कार्यक्रममा बालेनको पक्षमा नाराजुलुस गर्ने स्थिति आएपछि त्यसलाई रोक्न युवाहरूलाई पक्राउ गरिएको हो’ एक प्रहरी अधिकृतको भनाई छ ।

    तर काठमाडौं प्रहरीका प्रवक्ता एसपी नवराज अधिकारीले जात्रामा भगवानको प्रचारप्रसार गर्ने हो भन्दै स्थानीयले त्यसबाहेकका गतिविधि हुन नदिन आग्रह गरेपछि प्रहरीले युवाहरूलाई नियन्त्रणमा लिएको दाबी गरे ।

    इन्द्रजात्राको अवसरमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ‌ओली पनि बसन्तपुर जाने कार्यक्रम छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया