• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सत्कार सहकारीको सञ्चालक समितिमा आफन्त भर्ना गरेर १२ करोड अपचलन गरेको खुलासा

    542
    SHARES



    काठमाडौं । काठमाडौं महानगरपालिका–३ सामाखुसीमा रहेको सत्कार बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिमा आफन्त भर्ना गरेर १२ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको खुलेको छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले यो सहकारीका तीन जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

    २२ साउनमा सीआईबीले संस्थाका सचिव मोरङको बेलबारी नगरपालिका–५ घर भएका ३२ वर्षीय गोविन्द पुरी, कोषाध्यक्ष रामेछाप नगरपालिका–८ घर भएका ३७ वर्षीय महेश श्रेष्ठ र सत्कार सहकारीको चाबहिल शाखाका व्यवस्थापक रामेछाप–८ का ३७ वर्षीय ध्रुवराज कार्कीलाई पक्राउ गरेको थियो ।

    पक्राउ परेकाहरूमाथि अनुसन्धान सकेर सीआईबीले प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइसेकेको छ ।

    फरार प्रतिवादीहरूमा सहकारीका अध्यक्ष सविन उप्रेती, उपाध्यक्ष देवकी कार्की, सदस्य हरिकृष्ण श्रेष्ठ, सदस्य सुष्मा श्रेष्ठ, सदस्य विष्णुकुमार गिरी, लेखा समिति संयोजक रामसिंह साउद, लेखा समिति सदस्य लोकेन्द्र बडु थापा, लेखा समिति सदस्य कमल श्रेष्ठ, व्यवस्थापक सूर्य श्रेष्ठ छन् ।

    उनीहरूलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । उनीहरूविरुद्ध सहकारी ऐन २०७४ को दफा १२२ को कसुरमा मुद्दा चलाइएको छ ।

    जसमा ठगीको बिगो भराउनु पर्नेदेखि जरिवाना र १० करोड रुपैयाँभन्दा बढी १ अर्ब रुपैयाँसम्म ठगी भएमा ६ वर्षदेखि ८ वर्षसम्म रुपैयाँ कैद हुने व्यवस्था छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ ।

    यो सहकारीले आठ करोड रुपैयाँभन्दा बढीको नक्कली कर्जा फाइल बनाएको समेत खुलेको छ । काठमाडौं महानगरपालिका र नगर कार्यपालिकाको कार्यालय सहकारी विभागले समेत यो सहकारीमाथि छानबिन गरेको थियो ।

    यसको छानबिन प्रतिवेदन समेत सीआईबीलाई दिइएको छ । सो प्रतिवेदनबाट ८ करोड रुपैयाँभन्दा बढीको नक्कली कर्जा बनाएको खुलेको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया