काठमाडाैं । अविरल वर्षाका कारणा १४ घण्टादेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै पनि खुल्न सकिरहेकाे छैन । बागलुङको गलकोट नगरपालिका-११ रिघा फेदीमा आइतबार राति पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको हो ।
सडक अवरुद्ध हुँदा हजाराैं यात्रु अलपत्र परीरहेका छन्, सडक अवरुद्ध हुँदा काठमाडौँदेखि बागलुङको बुर्तिवाङ, रुकुमपूर्व, जाजरकोट, रुकुमपश्चिमलगायतका स्थानमा जाने रात्रि बससहित दर्जनौँ सवारी साधन ठप्प भएको इलाका प्रहरी कार्यालय गलकोटका प्रमुख प्रहरी निरीक्षक थम्मन रानाले जानकारी दिएका छन् ।
प्रतिक्रिया