काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले जिल्ला प्रशासन कार्यालय खारेज अभियान सुरु गर्ने भएको छ । असोज ३ गते संविधान दिवसका दिनदेखि सो अभियान सुरु गर्न लागेको राष्ट्रिय मुक्ति क्रान्तिका नेता सन्तोष मेहताले बताएका छन्।
संविधानले नचिनेको जिल्ला प्रशासन कार्यालय (सीडीयो कार्यालय) हटाउने अभियान देशैभरि सञ्चालन गर्ने निर्णय भएको उनले बताएका छन्।
हालै सम्पन्न राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकले देशभरको जिल्ला प्रशासन कार्यालय खारेजको माग गर्दै अभियान चलाउने, माग अनुसार सो कार्यालय खारेज नभए त्यसको विरुद्धमा सशक्त आन्दोलन गर्ने निर्णय भएको उनले बताए ।
बहुलराष्ट्र स्थापनाका लागि राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणको कार्यक्रम सम्पन्न गरेको छ । दोस्रो चरणको कार्यक्रमका लागि १५ दिनसम्म तयारी थाल्ने निर्णय गरेको छ । त्यसमा लागि विभिन्न ४५ वटा समिति बनाइएको छ ।
सो समितिले १५ दिनभित्र आफूले पाएको जिम्मेवारी अनुसार कार्यको तयारी गर्ने बताइएको छ । पाँच खण्डमा गर्ने तयारीमा आन्तरिक विकास तथा सुदृढीकरण गर्नका लागि विभिन्न १६ वटा कार्यक्रम तय गरेको छ । त्यसमा विभिन्न नेतालाई जिम्मेवारी सुम्पेको छ ।
प्रतिक्रिया