सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा रहेको इलेक्ट्रिक हाइड्रो पावरको ढलान भत्किँदा केही मजदुर घाइते भएका छन् ।
प्रहरीका अनुसार अहिलेसम्म फसेका १२ जनाको उद्धार गरिएको छ । मजदुरहरुले ढलान गर्दागर्दै भत्किएको हो ।
उद्धार गरिएकाहरूलाई अहिले उपचारका लागि बाह्रबिसे अस्पताल पुर्याइएको छ । ४० मेगावाट क्षमताको उक्त जलविद्युत आयोजना निर्माणाधीन रहेको छ ।
प्रतिक्रिया