• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ओली र मोदीबिच अमेरिकामा भेटघाट गर्ने समयतालिका तय

    367
    SHARES



    काठमाडौँ । संयुक्त राष्ट्र सङ्घको कार्यक्रममा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच अमेरिकामा भेटघाट गर्ने समयतालिका तय भएको छ।

    भारतीय प्रधानमन्त्री मोदीको सचिवालयले अमेरिकाको समय सेप्टेम्बर २२ तारिख साँझ ५ः३० बजे (नेपाली समय २३ तारिख बिहान ३ः४५ बजे) प्रधानमन्त्री ओलीसँगको भेटघाटको समय कार्यतालिकामा राखेको छ । तर त्यसमा स्टार लगाएर पनि राखेको छ । स्रोतले भन्यो –’स्टारको अर्थ समयमा तलमाथि हुनसक्छ तर साइडलाइन भेटवार्ता लगभग फिक्स नै हो ।’

    पछिल्लो समय प्रधानमन्त्री ओलीले इपीजी र सीमा समस्याको बारेमा दिएको अभिव्यक्तिका कारण भारतसँग सम्बन्ध चिसिएको थियो । प्रधानमन्त्री मोदीले ती कुराहरूमा स्पष्ट हुन पनि भेट्न चाहेको स्रोतले जनाएको छ । यो भेटघाट पछि प्रधानमन्त्री ओलीको भारतसँगको अगामी सम्बन्ध बारे धेरै कुरा तय गर्नेछ ।

    युएनमा सेप्टेम्बर १९ मा इजरायल र हमासको विषयमा भएको एक मतदानमा दुवै देश तटस्थ बसेका छन् । इजरायल ले कब्जा गरेको हमासको भूमी छाड्नु पर्ने प्रस्तावमा दुवै देश तटस्थ बसेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ