• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    अग्रिम टिकट बुकिङबारे छलफल गर्न मन्त्रालयले बोलायो यातायात व्यवसायी

    1.1K
    SHARES



    काठमाडौँ । दसैँका लागि यातायात सञ्चालनको सम्बन्धमा छलफल गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवसायीलाई बोलाएको छ ।

    मन्त्रालयले बुधबार अपराह्नका लागि छलफलका लागि डाकेको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले जानकारी दिए ।

    छलफलको क्रममा मुख्यतया सडकको अवस्था, रुट परमिट खुला गर्ने तथा अग्रिम टिकट बुकिङको सम्बन्धमा छलफल हुने उनले बताए ।

    आजको छलफलपछि यातायात व्यवस्था विभागको नेतृत्वमा व्यवसायी र मजदुर सम्मिलित कार्यदलले यसको व्यवस्थापन गर्नेछ ।

    यो वर्ष पनि पोहोरजस्तै दसैँ आउनुभन्दा एक साता अघि मात्रै बुकिङ खुला हुने सम्भावना रहेको स्वाँरको भनाइ छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया