• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    प्रकाशलाई घरमै गएर दिइयो नागरिकता

    0.9K
    SHARES



    काठमाडौँ । ३५ वर्षअघि परिवारको सम्पर्कबाट टाढिएर बेपत्ता बनेका प्रकाश मोक्तानले आइतबार घरमै नागरिकता पाएका छन्।

    जिल्ला प्रशासन कार्यालय भोजपुरले उनलाई घरमै गएर नागरिकता दिने प्रबन्ध मिलाएको हो। षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदासले उनलाई नागरिकता हस्तान्तरण गरेका थिए।

    वडा अध्यक्ष प्रेम दोर्जी शेर्पा, इलाका प्रशासन कार्यालय प्रमुख विनोद अधिकारी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईंको रोहबरमा उनलाई नागरिकता दिइएको हो।

    प्रकाश ३५ वर्षअघि काठमाडौंबाट हराएका थिए। परिवारका सदस्यसँग काठमाडौं आएका उनी एकाएक हराएका थिए।

    विद्या चापागाईं र कमलकुमारले निर्देशन, निर्माण गर्दै आएको हेर्ने कथा (युट्युव श्रृंखला) ले प्रकाशलाई उत्तरी गोरखाको चुम उपत्यकामा फेला पारेका थियो। प्रकाश त्यहाँ चौरी गोठालाको रूपमा थिए।

    हेर्ने कथाकै माध्यमबाट परिवारको सम्पर्कमा पुगेका उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत नागरिकता वितरणमा सहजीकरण गरिदिन तत्कालीन गृहसचिव एकनारायण अर्याललाई निर्देशन दिएका थिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया