काठमाडौं । विभिन्न सहकारी संस्थाबाट वचत रकम फिर्ता नपाएका सर्वसाधारणको प्रदर्शनमाथि सरकारले अवरोध गरेको छ । रत्नपार्कस्थित शान्तिवाटिकाबाट प्रदर्शन गर्दै सिंहदरबारतर्फ अघि बढेका सहकारी पीडितमाथि प्रहरीले भद्रकालीमा लाठी प्रहार गरेको हो ।
लाठी प्रहारका कारण केही सहकारी पीडित घाइते भएका छन् । वचत फिर्ताका लागि सरकारलाई दबाब दिन प्रदर्शन गरेका उनीहरुलाई प्रहरीले निषेधित क्षेत्रमा प्रवेश गर्न लागेको भन्दै लाठी प्रहार गरेको हो ।
प्रतिक्रिया