सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदीमा बेपत्ता भएका दुवै जनाको शव भेटिएको छ । असार १ गते नुहाउने क्रममा बेपत्ता भएका कालिकोट मुम्राका भुपेन्द्र केसी र विनोद केसीको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले आइतबार निकालेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी सहायक निरीक्षक रमेश बहादुर थापाको कमाण्डमा गएको १० जनाको गोताखोर टोलीले आइतबार साढे १२ बजेतिर भुपेन्द्र केसीको र करिब १ बजेतिर विनोद केसीको शव ३० फिट गहिराईबाट निकालेको हो ।
मृतक दुवै जना कालिकोटको सानीत्रिवेणी गाउँपालिकाको मुम्रा घर भइ पढाईका लागि सुर्खेत बस्दै आएका थिए ।
प्रतिक्रिया