• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    चिनियाँ रक्षामन्त्री र नेपालबीच यस्तो सहमति भएको खुलासा, नेपाली सेनाले विज्ञप्ति निकाल्दै दियो जानकारी

    4.2K
    SHARES

    काठमाडौँ । चिनियाँ जनमुक्ति सेना र नेपाली सेनाबीच कोभिड–१९ का कारण झन्डै एक वर्षदेखि रोकिएका तालिम तथा शिक्षार्थी आदान–प्रदानका कार्यहरु फेरि सुरु हुने भएको छ ।

    नेपाल भ्रमणका क्रममा चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङहे र नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाबीच आइतबार दिउँसो सैनिक मुख्यालय जंगीअड्डामा भएको भेटवार्तामा दुई मुलुक बीचमा कोभिड–१९ का कारण रोकिएका सहयोग, सहकार्य र अभ्यासहरुलाई फेरि सुचारु गर्ने सहमति भएको हो । योसँगै नेपाल र चीनका सेनाबीच रोकिएको तेस्रो सगरमाथा मैत्री संयुक्त सैन्य अभ्यास पनि हुने पक्का भएको छ । तर अहिले मिति भने तय गरिएको छैन ।

    नेपाली सेनाद्वारा जारी विज्ञप्तिअनुसार विगतमा सहमति भएका सैनिक सहायता प्राप्ति सम्बन्धी प्रगति बारेमा पनि छलफल भएको थियो । भेटमा परराष्ट्र मन्त्रालयका अधिकारीहरुको पनि उपस्थिति रहेको थियो । ‘चिनियाँ रक्षामन्त्री वेई र उहाँको प्रतिनिधिमण्डलले दुवै विषयलाई सकारात्मक रुपमा लिई उच्चस्तरीय भ्रमण लगायतका द्विपक्षीय सहयोगका कार्यहरु यथाशीघ्र सुचारु गर्ने बारेमा आश्वासन दिनु भयो,’ विज्ञप्तिमा भनिएको छ ।

    यसैबीच रक्षामन्त्री वेईले नेपाली सेनाको कोभिड–१९ महामारी विरुद्धको प्रतिकार्यको सहयोगका लागिसमेत प्रतिबद्धता व्यक्त गरेको छन् । सैनिक प्रवक्ता तथा सहायक रथी सन्तोषबल्लभ पौडेलका अनुसार कोभिड–१९ नियन्त्रणका लागि आवश्यक सामग्रीहरु भेन्टिलेटर, मुभ एवल मेडिकल अस्पताल तथा अन्य संक्रमणलाई नियन्त्रण गर्न आवश्यक स्वास्थ्य सामग्रीहरु सहयोग गर्ने प्रतिबद्धता चीनले जनाएको हो ।

    चीनको प्रतिबद्धता लागू गर्नका लागि विभिन्न तहमा काम हुनु पर्ने प्रवक्ता पौडेलले बताए । उनले भने,‘अब सैनिक सहचारी तहमा छलफल हुन्छ । त्यसपछि कार्यान्वयनमा लैजान सकिन्छ । विभिन्न तहमा छलफल भएर भएका प्रतिबद्धतालाई कार्यान्वयनमा लैजाने हो ।’

    यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेले दुई देशबीच भएका सहमति र सम्झौता कार्यान्वयन प्रक्रिया अघि बढ्नेमा समान मत व्यक्त गरेका छन् ।

    आइतबार चीनका रक्षामन्त्री फेङ्हेले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए । भेटका क्रममा प्रधानमन्त्रीले सन् २०१६ मा आफूले गरेको चीन भ्रमणका क्रममा भएको ‘व्यापार र पारवहन सम्झौता’ र अन्य द्विपक्षीय उच्चस्तरीय भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयनका क्रममा रहेको अवगत गराएका छन् ।

    प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराईका अनुसार प्रधानमन्त्रीले गत वर्ष नेपालका भएको चिनियाँ राष्ट्रपति सी चीन फिङको ऐतिहासिक र सफल भ्रमणको स्मरण गर्दै नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

    रक्षा मन्त्रालयको कार्यभार सम्हालेका प्रधानमन्त्री ओलीले चीनले नेपालमा दूरसञ्चार, रेल, विद्युत्, आर्थिक र सामाजिक क्षेत्रको पूर्वाधार विकासमा गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे ।

    प्रत्युत्तरमा चिनियाँ मन्त्री वेइले नेपालसँग भएका सम्झौताको कार्यान्वयनमा आफ्नातर्फबाट कुनै समस्या नरहेको बताए। साथै दुवै देश शान्तिका पक्षमा रहेकाले कुनै एक र अर्को देशसँगको सम्बन्धमा तेस्रो मुलुकको सम्बन्धलाई जोड्न नहुने बताए । मन्त्री वेइले चीन क्षेत्रीय र अन्तरराष्ट्रिय शान्तिका पक्षमा समेत रहेको स्मरण गराएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ