• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    राप्तीको नेतृत्वमा बन्यो ‘समाजवादी बौद्धिक मञ्च, नेपाल’

    3K
    SHARES

    धनगढी । विप्लव नेतृत्वको निवर्तमान केन्द्रिय सदस्य राम प्रसाद तिमिल्सिना ‘राप्ती’को नेतृत्वमा “समाजवादी बौद्धिक मञ्च” गठन भएको छ । एक बर्ष पहिलेदेखि पार्टी केन्द्रिय समितिको जिम्मेवारीमा नरहेका राप्तीले आफ्नो नेतृत्वमा “समाजवादी बौद्धिक मञ्च” गठन गरेको घोषणा गरेका छन् ।

    राप्तीले देश र जनताका खातिर हुने अग्रगामी आन्दोलनमा सच्चा लोकतान्त्रिक, प्रगतिशील शक्ति, नागरिक समाज र बौद्धिक समुदायसँग बहस र सहकार्य गर्नका लागि उक्त मोर्चा गठन गरेको जनाएका छन् । उनले यो मञ्च स्वतन्त्र रूपले क्रियाशील रहने र यसमा विभिन्न पार्टी र समूहमा रहेका क्रान्तिकारी प्रगतिशील सच्चा लोकतान्त्रिक व्यक्तित्वहरू, बौद्धिक समुदाय, नागरिक समाज, पत्रकारलगायतलाई गोलबन्ध हुने जनाएका छन् ।

    नेपालको राजनीतिक सत्ता मूलभूत रूपले यथास्थानवरिपरि नै घुमिरहेको भन्दै राप्तीले आगामी परिदृश्य निकै भयावह अनि भयानक दुर्घटना–उन्मुख देखिएका देशले नयाँ निकास खोजिरहेको र न्यायप्रेमी जनता अर्को एउटा उन्नत प्रकारको सशक्त आन्दोलनको मानसिकतामा रहेको बेला, निगमीय पुँजीवादको विकल्प वैज्ञानिक समाजवाद वर्तमानको अपरिहार्य आवश्यकता बन्न गएकाले आफुले त्यसको पहलका बारेमा छलफल गर्न उक्त मोर्चा गठन गरिएको जनाएका छन्।

    राप्तीले आफ्नो बिग्य्पतिमा भनेका छन्- “जनयुद्धअघि नै रुकुम–रोल्पाको ग्रामीण वर्गसङ्घर्षको प्रचार र सरकारी दमनको भण्डाफोर गर्ने पार्टी–काम र कैलाली बहुमुखी क्याम्पसको अखिल (क्रान्तिकारी) को एकाइ अध्यक्षको भूमिकाबाट खुला काम गर्दै २०५४ अछामको जेलमा ६ महिना र २०५५ देखि २०६१ सम्म धनगढी कारागारमा ६ वर्ष जेलजीवनपछि विभिन्न आरोह–अवरोहबिच जनयुद्धको आँधीमय जीवनका अत्यन्त उर्बर समय व्यतीत गर्न पाएकोमा गौरवान्वित ठान्दै यस भीषण बलिदानीपूर्ण युगमा सहादत प्राप्त गर्ने वीर सहिद, घाइते–अपाङ्ग तथा बेपत्ता योद्धाप्रति श्रद्धासुमन अर्पण गर्दछु ।”

    यस्तै उनले आफु एक बर्षदेखी कुनै पनि पार्टीको जिम्मेवारीमा नरहेको समेत जनाएका छन् । जनयुद्ध र यसको नतिजा अनि गन्तव्यसम्म मात्र राजनीतिक सन्दर्भलाई सीमित नगरी नेपालको समग्र राजनीतिक आन्दोलनमा २००७ सालयताका राजनीतिक कडीहरूलाई जोडेर हेर्नुपर्नेमा राप्तीले जोड दिएका छन्।

    सत्तासीनहरू देश र जनताभन्दा आफू, आफ्नै पार्टी, गुट र आसेपासेको स्वार्थको लागि जेसुकै पनि गर्न लालायित हुँदै गइरहेका, देशले नयाँ निकास खोजिरहेको र न्यायप्रेमी जनता अर्को एउटा उन्नत प्रकारको वैकल्पिक व्यबस्थाको खोजीमा रहेको उनको भनाई छ ।
    राप्तीले सेती–महाकालीमा जनयुद्धको सुरुआती चरणको एक प्रत्यक्षदर्शीको हैसियतले आगामी दिनमा देश र जनताका खातिर हुने अग्रगामी आन्दोलनमा सच्चा लोकतान्त्रिक, प्रगतिशील शक्ति, नागरिक समाज र बौद्धिक समुदायसँग बहस र सहकार्य गर्नका लागि “समाजवादी बौद्धिक मञ्च”को घोषणा गरेको जनाएका छन् ।

    साथै, स्वतन्त्र रूपले क्रियाशील रहने यो मञ्चमा विभिन्न पार्टी र समूहमा रहेका क्रान्तिकारी प्रगतिशील सच्चा लोकतान्त्रिक व्यक्तित्वहरू, बौद्धिक समुदाय, नागरिक समाज, पत्रकारलगायतलाई गोलबन्ध हुन हार्दिक अनुरोध गरेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया