• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    विप्लवप्रति प्रचण्ड नरम भएको ओलीको आरोप, बिद्रोही नेकपाबारे के-के भने ?

    2.5K
    SHARES


    काठमाडौँ । बिद्रोही नेकपलाई दमन गर्ने केपी शर्मा ओलीको भित्रि मनसाय सत्तारुढ नेकपाको बैठकमा छताछुल्ल भएको छ । ओलीले प्रचण्ड विप्लवप्रति नरम भएको भन्दै असन्तुष्टि पोखेपछि उनको मनको कुरा छताछुल्ल भएको हो ।

    प्रचण्डको प्रतिबेदनको जावाफमा ओलीले लेखेका छन्- ‘समकालीन राजनीतिका कतिपय विषयमा तपाईको दोहोरो, अस्पष्ट र अन्यौलग्रस्त विचारले म घरिघरि चिन्तित हुन्छु ।, ‘विप्लवले अगाडि बढाइरहेको हिंसा निन्दनीय हो । कि रातो झण्डाको आवरणमा भएकाले त्यसप्रति नरम हुन मिल्छ ? मिल्दैन भने, किन स्पष्ट भाषामा खण्डन र भत्र्सना गर्नुहुन्न ?’

    व्यक्तिगत रुपमा विप्लवप्रति आफ्नो कुनै पूर्वाग्रह नरहेको भन्दै ओलीले हिंसा छाडेर शान्तिपूर्ण बाटोमा आए उनलाई स्वागत गरिने बताएका छन् । तर अब पनि समाजमा हिंसा भइरहे त्यो किमार्थ स्वीकार्य नहुने आफ्नो सरकारको स्पष्ट दृष्टिकोण रहेको उनको भनाइ छ ।

    ‘सरकारको यस्तो स्पष्ट नीतिप्रति तपाइको द्विविधा किन ? सिके राउतले हिजो गरेको विखण्डनकारी गतिविधि अस्वीकार्य थियो । पछि उनले त्यस बाटोलाई छाडे र संविधान स्वीकारेर अगाडि आए । राष्ट्रिय विखण्डनको प्रयाश छाडेर उनी राजनीतिक मूलधारमा आउने कुरा देशको लागि सकारात्मक होइन ? यो विखण्डनको राजनीतिको पराजय र राष्ट्रिय अखण्डताको जीत होइन ? तर यस्ता प्रश्नलाई विवादित बनाउने काम गर्नुभएको छ, किन ? मुलुकमा आज पनि जातीय र क्षेत्रीय अतिवादी सोचहरु छन् । सामाजिक सद्भाव बिगार्न खोज्ने प्रवृत्तिहरु छन् । त्यस विरुद्ध तपाईंको स्पष्ट अडान किन देखिँदैन ? किन त्यस्ता प्रवृत्तिलाई बारम्बार प्रोत्साहन गर्ने काम हुन्छ?’, ओलीले प्रचण्डलाई प्रश्न गरेका छन् ।

    शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले यसअघि कार्यकारी अधयक्ष प्रचण्डले ल्याएको प्रस्तावलाई जवाफ दिनेगरी छुट्टै प्रस्ताव ल्याएका हुन् ।

    यसअघि कार्यकारी अध्यक्ष प्रचण्डले ओलीको आलोचना गर्दै प्रतिवेदन ल्याएपछि ओलीले पनि प्रचण्डलाई जवाफ दिने गरी प्रतिवेदन ल्याएका हुन् । उनको ५३ बुँदे प्रस्ताव र प्रचण्डसमेतको प्रस्ताव मंसिर १६ गतेदेखि सचिवालय बैठकमा छलफल हुनेछ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ