• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    हुम्लाका गाउँ-गाउँमा प्रहरीको गस्ती, कारण थाहा पाएर स्थानीय समेत आक्रोशित

    792
    SHARES

    हुम्ला । पछिल्लो समय हुम्ला जिल्लामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो गतिविधि बढाएको आशङ्कामा तीनवटै सुरक्षा निकाय प्रहरी, सशस्त्र प्रहरी र सेनाले  आफ्नो गस्ती परिचालनलाई बढाएको छ ।

    जिल्लाको शान्ति, सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय हुम्ला र सशस्त्र प्रहरी बल हुम्लाले संयुक्तरूपमा नागरिकको सुरक्षाका लागि गाउँस्तरसम्म पहिलोपटक गस्ती परिचालन सुरु गरेको छ ।

    सशक्तरूपमा सुरक्षा सतर्कता बढाउन संयुक्त टोली मङ्सिर ६ गतेदेखि विकट गाउँमा सुरक्षा गस्ती गर्न थालेको सशस्त्र प्रहरी बल हुम्लाका प्रहरी नायब उपरीक्षक मोहन विष्टले जानकारी दिए ।

    पहिलोपटक मङ्सिर ६ गतेदेखि जिल्ला सदरमुकामबाट परिचालित टोली तल्लो क्षेत्रको सर्केगाडलगायतका गाउँसम्म गस्ती गरेर सिमकोट फिर्ता भएको छ भने पुनः जाने तयारी भइरहेको विष्टले जानकारी दिए ।

    १५ नेपाल प्रहरी र १५ सशस्त्र प्रहरी बलका गरेर ३० जना सुरक्षाकर्मीको टोलीले केही दिन अगाडि गाउँसम्मै गस्ती गरेर सदरमुकाम फिर्ता भएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयले हुम्ला हरपल जनताको सुरक्षा लागि सधैँ तत्पर रहेको जनाएको छ ।

    प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर केही दिनमा पुनः गाउँस्तरसम्म गस्ती परिचालन गरिने भएको छ । केही दिन अगाडि सदरमुकाम सिमकोटस्थित कृषि विकास कार्यालयको मूलगेटमा दुईवटा सकेट बम राखिएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले आफ्नो गस्तीलाई बढाएका छन् ।

    गाउँगाउँमा सुरक्षा गस्ती परिचालन भएको हुम्लामा पहिलोपटक हो । यस्तो चिसोको समयमा पनि जनतालाई त्रसित पार्ने गरि प्रहरी गाउँ-गाउँमा घुमेकाे भन्दै स्थानीय आक्रोशित बनेका छन् ।

    यस्तै उता खोटाङमा प्रहरीले नेकपाका एक जना नेतालाई गिरफ्तार गरेको छ । नेकपा खोटाङका पूर्वआर्थिक विभाग प्रमुख सुदीप शर्मा भनिने चक्रबहादुर खत्रीलाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको हो ।

    हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुबाट उनलाई जनपद र सशस्त्र प्रहरीको संयुक्त टोलीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता सागर शाहले जानकारी दिए ।

    उनलाई उदयपुर जिल्ला अदालतमा बम विस्फोटसम्बन्धी मुद्धा लागेको थियो । प्रहरीले फरार सुचिमा राखेका खत्रीलाई अदालतको पक्राउ पूर्जीको आधारमा गिरफ्तार गरिएको जनाइएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ