• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    नेकपा डोटीले भव्य रुपमा यसरी मनायो आफ्नो ७ औं पार्टी पुनर्गठन दिवस

    1.5K
    SHARES

    डाेटी । बिद्रोही नेपाल कम्युनिष्ट पार्टी डोटीले आफ्नो ७ औं पार्टी स्थापना दिवस भव्य रुपमा मनाएको छ । नेकपाले गिरिचौका माध्यामिक बिद्यालयका साना बिद्यार्थीहरुको कक्षाकोठामा ओछ्याउने म्याट र ठुला कक्षाका बिद्यार्थीहरुका लागि खेल सामाग्री हस्तान्त्रण गरी आफ्नो ७ औं पार्टी पुनर्गठन दिवस मनाएको हाे।

    दिवसको अवसरमा नेकपाले भलीबल प्रतियोगिता समेत संचालन गरेर प्रथम हुने टिमलाई नगदसहित पुरुस्कार रासी दिएको छ। सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पार्टी जिल्ला ईन्चार्ज तर्कराजले सम्पूर्ण क्रान्तिकारी शक्ति, राजनीतिक दल ,नगरिक समाज , बुद्धीजिबी ,मानव अधिकार कर्मी, देशभक्त, राष्ट्रवादी शक्ति, सुरक्षा कर्मी, पत्रकार र देश बिदेशमा रहेका सबै आम नेपालीहरुमा शुभ कामना ब्यक्त गरे ।

    ‘देश यतिबेला निकै गम्भीर र सङ्कटमा रहेको छ । अहिलेको पुजिवाद र त्यसले सञ्चालन गरेको संसदिय ब्यावस्था नै नेपाली जनताको दुश्मन हो । उनले भने-‘प्रतिवन्धका बाबजुद पनि हामी हाम्रो पार्टीका गतिबिधी जनता सङ्गैको सहकार्यमा सञ्चालन गर्दै आइरहेका छौं। अहिलेको दुई तिहाईको मात लागेको यो सरकार जनताको खुन चुस्ने किन्ना हो र यसले नेपाली जनताको भलो हुने कुनै पनि काम गर्न सक्दैन।’

    ओली सरकार नेपालको इतिहासमै सबैभन्दा बढी भष्ट्र र राष्ट्रघाती सरकार बनेको भन्दै उनले बिदेशी प्रभुको पूर्ण समर्थनमा सञ्चालन भइरहेको उनले बताए। उनले भने- ‘कोबिड १९ को महामारीमा पनि सरकार जनताको स्वास्थ्यप्रति उदासीन छ। कोहि मरुन या बाचुन सरकारको कुनै जिम्मेवारी होइन भन्दै पन्छिनु नै सरकारको कर्तब्य हो जस्तै भएको छ।’

    कार्यक्रमका अध्यक्ष जिल्ला पार्टी सचिव कालू पाण्डेले नेकपा अबको लडाईमा नेपाली जनतासङ्गको सहकार्यमा नै अगाडी बढ्ने बिस्वास दिलाए । ‘हाम्रो जिल्लामा पनि बिकासको नाममा व्यापक भ्रष्ट्रचार भएको छ । जनताको जीवनसङ्ग जोडिएका ठाउमा कुनै विकास नै भएको छैन ।’ उनले भने – ‘जता बढी कमिसन आउछ उतै लगानी गरेको छ, यहाँका स्थानीय सरकार र यहाँका गुण्डाहरुले न शिक्षामा लगानी लगाएका छन न स्वास्थ्यमा, न त खाने पानी ,न त अन्य कुनै जनताको जीवनसङ्ग जोडिएका विकासका काममा लगानी लगाउछन । लगानी त केबल कमिसन जता बढी पाइन्छ तेतै लगानी गरिरहेका छन ।’

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया