उदयपुर । जिल्लाकाे ताप्ली गाउँपालिकाको कार्यालयमा ब’म वि’स्फोट भएको छ । वडा नं ५ रुपाटारमा रहेको गाउँपालिकाको कार्यालय परिसरको नागरिक सहायक कक्षमा शनिबार राति १ बजेर १५ मिनेट जाँदा बजेतिर अज्ञात समूहले ब’म बि’स्फोट गराएको प्रहरीले जनाएको छ ।
सँगै रहेको अर्को ब’म भने बि’स्फोट हुन बाँकी रहेकाले नेपाली सेनाको टोलीले डिस्पोज गरेको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए । बुम विुस्फोटले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, उपाध्यक्षको कार्यकक्षमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जनाकारी दिए ।
यस्तै विुस्फोटले ती कार्यकक्षको ढोका, झ्याल, कम्प्युटर, प्रिन्टर, टेबल, दराज, सोफ लगायतका सामानमा क्षति भएको उनले बताए । घटनास्थल प्रहरीचौकी रुपाटारबाट एक सय मिटर उत्तरी क्षेत्रमा रहेको छ ।
मध्यरातमा नजिकबाट ठूलो आवाज आएपछि स्थानीय आतंकित भएको स्थानीय शेरजङ्ग ठकुरीले बताए । गाउँपालिका अध्यक्ष उद्धवसिंह थापाले बुम किन र कस्ले विुस्फोट गराएको भन्ने आफू अनभिज्ञ रहेको बताए ।
प्रतिक्रिया