• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नेकपाको पुनर्गठन दिवस लक्षित गरेर सुरक्षा व्यवस्था कडा

    2.4K
    SHARES

    काठमाडौँ । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सातौं पुनर्गठन दिवस मनाइरहँदा नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । प्रहरीको विशेष ब्युरोले  नेकपाका नेतामाथि निगरानी बढाएको छ भने सडकमा समेत सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले पनि चेकजाँच र प्रहरी उपस्थितिमा कडाइ गरिएको बताए ।

    सशस्त्र प्रहरीले पनि ठाउँठाउँमा टोली परिचालन गरेको छ । सादा पोशाकका टोली पनि परिचालित छन् । राष्ट्रिय अनुसन्धान विभागले पनि नेकपाका सम्भावित गतिविधिमाथि निगरानी बढाएको छ ।

    नेकपाले आफ्नो पुनर्गठन दिवस ६, ७ र ८ मंसिरमा देशभर प्रदर्शन सभा र उत्सव मनाउने घोषणा गरेको छ । त्यसक्रममा कुनै अप्रिय एवं आपराधिक क्रियाकलाप पनि हुनसक्ने विश्लेषणसहित सुरक्षा व्यवस्था कडा पारिएको हो ।

    ब्युरोले अर्थ विभागका सदस्य प्रेम दर्नाल ‘विकल्प’ र सञ्जिव नेपाली ‘सुवर्ण’लाई समेत पक्राउ गरेको छ । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले एक विज्ञप्ति जारी गर्दै दुवैको रिहाइको माग समेत गरेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ