• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    कोटेश्वरबाट नेकपाका तीन विद्यार्थी नेता गिरफ्तार

    336
    SHARES

    काठमाडौँ । बिद्रोही नेपाल कम्युनिष्ट पार्टीको बिद्यार्थी संगठन अखिल क्रान्तिकारीका ३ जना नेताहरु गिरफ्तार परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरुलाई शुक्रबार राति गिरफ्तार गरेको हो ।

    परिसरका प्रहरी उपरीक्षक तथा प्रवक्ता सोमेन्द्र सिंह राठौरका अनुसार गिरफ्तार पर्नेहरु तिनैजना विद्यार्थी नेताले बिद्यार्थी संगठनमा आफ्नो भूमिकाबारे कुनै बयान दिएका छैनन् । गिरफ्तार पर्नेहरुमा कैलाली टिकापुर–३ घर भएका २४ वर्षीय मेगेन्द्र न्यौपाने, कालिकोट पन्चालझर्ना गाउँपालिका–४ घर भएका २५ वर्षीय हंशराज सेजुवाल र काभ्रे घर भएका १८ वर्षीय रमेश क्षेत्री रहेको राठौरले बताए ।

    यस्तै सुक्रबार नै प्रहरीले पार्टीको केन्द्रिय आर्थिक विभागका २ जना नेताहरुलाई पनि गिरफ्तार गरेको छ । आर्थिक विभाग अन्तरगतको पार्टी कमिटीका इन्चार्ज प्रेम दर्नाल र सेक्रेटरी सन्जिब नेपालीलाई ललितपुरबाट गिरफ्तार गरेको छ । गिरफ्तार उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    बिहिबार नेकपा पाल्पा जिल्ला इन्चार्ज पूर्ण सिंह र जिल्ला सचिवालय सदस्य मिन बहादुर आलेलाई पनि प्रहरीले गिरफ्तार गरेको छ । पार्टी कामको शिलशिलामा बुटवल गएका बेला उनीहरुलाई गिरफ्तार गरेर इलाका प्रहरी कार्यालयमा रखिएको रुपन्देही प्रहरीले जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया