• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    बिद्रोही नेकपाका नेता दर्नाल गिरफ्तार, पार्टीको यस्तो जिम्मेवारीमा थिए उनि

    360
    SHARES

    ललितपुर । सरकारद्वारा प्रतिबन्धित बिद्रोही नेपाल कम्युनिष्ट पार्टीका नेता प्रेम दर्नाल र संजिव नेपाली ललितपुरबाट गिरफ्तार परेका छन् । उनलाई प्रहरीले ललितपुरको बागडोलबाट गिरफ्तार गरिएको जनाएको छ।

    महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार उनीहरु दुवै जना दोलखा जिल्लाका हुन् । ३९ वर्षीय संजिव नेपाली दोलखा बिगु गाउँपालिका–३ र ४१ वर्षीय प्रेम बहादुर दर्नाल दोलखा जिल्ला बैतेश्वर नगरपालिका–३ घर भई हाल ललितपुरको बागडोलमा बस्ने गरेको प्रहरीले जनाएको छ।

    गिरफ्तार पर्ने दर्नाल बिद्रोही नेकपाको केन्द्रीय आर्थिक विभाग अन्तरगतको पार्टी बिशेष कमिटिका इन्चार्ज र नेपाली सेक्रेटरी रहेको बताइएको छ । उनीहरुलाई गिरफ्तार गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    बागबजारको श्रेष्ठ टेलरिङ्गमा सिलाई कटाई काम गर्ने मजदुर रहेका दर्नाल पहिलो संबिधानसभाको निर्वाचनको आसपास एमालेको मजदुर संगठनबाट बिद्रोह गरी तत्कालिन माओवादीको सिलाई कटाई मजदुर संगठनमा जोडिएर पार्टीमा संगठित भएका थिए ।

    प्रचण्ड नेतृत्वको पार्टी बिभाजन भएर ड्यास माओवादी बनेपछि बैद्यमा लागेका दर्नाल विप्लव नेतृत्वको पार्टी पुनर्गठनपछि मजदुर संगठन हुँदै पार्टीको दोलखा जिल्ला सेक्रेटरी भएका थिए । दोलखामा छोटो समय काम गरेपछि जिल्ला सेक्रेटरीबाट हटाइएका दर्नाल त्यसपछि पार्टीको केन्द्रिय आर्थिक विभागमा रहेर काम गरेका थिए ।

    पार्टी प्रबक्ता प्रकाण्ड आर्थिक बिभाग प्रमुख भएपछि दर्नाल सेक्रेटरी भएर काम गर्दै आइरहेका थिए । २०७५ साउनमा प्रकाण्ड गिरफ्तार पर्दा प्रहरीले उनको ब्यापक खोजि गरेको थियो । त्यति बेला पार्टीका नेताले प्रयोग गर्दै आइरहेको गाडीसहित उनका भाई प्रेमेश दर्नाल गिरफ्तार परे पनि उनि भने जोगिएका थिए । यसअघि पनि दर्नाल एक पटक गिरफ्तार परेर छोटै समयमा रिहा भएका थिए ।

    यस्तै मंसिर ४ गते नेकपा पाल्पाका इन्चार्ज पूर्ण सिंह र जिल्ला सचिवालय सदस्य मिन बहादुर आलेलाई प्रहरीले बुटवलबाट गिरफ्तार गरेको थियो । नेकपाको लुम्बिनी ब्यूरोका एक जना ब्यूरो सदस्यले सञ्चारकेन्द्रलाई दिएको जानकारी अनुसार पार्टी कामको सिलसिलामा रहेका उनीहरु दुबै जनालाई आफ्नै पार्टीका एक कार्यकर्ताको डेराबाट गिरफ्तार गरेको थियो ।

    यता बिद्रोही नेकपाले भने कोरोना भाइरसको सङ्क्रमणका कारण जनजीवन अस्तव्यस्त भइरहेको समयमा फौजी कारबाही स्थगित गरी जनचेतना जगाउने काममा लागिरहेका नेकपाका नेता तथा कार्यकर्ताहरुलाई देशैभरीबाट बिनाकारण गिरफ्तार गरेर केपी सरकारको गृह प्रशासनले अशान्ति निम्त्याउन चाहेको आरोप लगाएको छ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया