• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नगद १ लाख ६९ हजारसहित १६ जना जुवाडे पक्राउ

    437
    SHARES

    मोरङ । मोरङको रतुवामाई नगरपालिका-८ बाट तास तथा जुवा खेलिरहेका १६ जना पक्राउ परेका छन्। शुक्रबार राति साढे ११ बजे स्थानीय सागर गड्तौलाको घरमा जुवा तास खेलिरहेकाहरूलाई प्रहरीले पक्राउ गरेको हो।

    विषेश सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नगद १ लाख ६९ हजार ६९५ सहित उनीहरूलाई पक्राउ गरेको प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए।

    उनीहरूको साथबाट कौडा १६ थान, एक बुङ तास, मोबाइल १६ थान, मोटरसाइकल १९ वटा र दुई वटा कार बरामद भएको खड्काले बताए। पक्राउ पर्नेमा रतुवामाई नगरपालिका-७ डिल्लीराम चौलागाईं, मोती पौडेल, रामनाथ मैनाली, देवीप्रसाद प्रसाईं, रामनाथ नेपाल, हेमलाल प्रसाईं, नारायण चुँडाल रहेका छन्।

    यस्तै, रतुवामाई नगरपालिका-८ का सन्तबहादुर राई, सागर गड्तौला, दीपक ढुङ्गाना, देवराज घिमिरे, अशोक भट्टराई, राजन हस्ता सतार, गोपी पराजुली, रविन पोखरेल र बेलबारी नगरपालिका-७ का गणेश श्रेष्ठ छन्। पक्राउ परेकालाई जुवा ऐन अन्तर्गत कारबाही थालिएको प्रहरी उपरीक्षक खड्काले बताए।

    यस्तै उता सिरहामा पेस्तोलसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा रहा औरही गाउँपालिका–५ जगदेव बाबा पोखरीमा छठ मनाउन गएको २२ वर्षीय रविन दास रहेको प्रहरीले जनाएको छ ।

    शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइरहँदा पुरानो रिसिईबीको कारण आफ्ना छिमेकी ४२ वर्षीय बिनोद यादवलाई आक्रमण गर्ने योजनाअनुसार रविन छठको घाटमा पेस्तोल बोकेर पुगेका थिए ।

    सोही क्रममा रविनले पेस्तोल निकालेर विनोदको कन्चटमा ताकेको स्थानीयले देखेलगत्तै नजिकैको प्रहरी चौकी औरहीमा जानकारी गराएपछि उनलाई पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता शालिग्राम शर्माले बताए ।

    प्रवक्ता शर्माका अनुसार रविन दासलाई औरही–५ स्थित जगदेवी बाबा पोखरीबाट हतियारसहित पक्राउ गरिएको हो । दासको साथबाट एक राउण्ड गोली लोड गरिएको एउटा कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने थप २ राउण्ड गोली पनि बरामद भएको शर्माले बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया