• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    विश्वभर ४ करोडभन्दा बढी कोरोना संक्रमित, निको हुनेको संख्या ८० हजार

    338
    SHARES

    काठमाडौँ  । विश्वभर कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या ४ करोड नाघेको छ । पछिल्लो २४ घन्टामा ३ लाख ५२ हजार ६०५ जना संक्रमण मुक्त भएसँगै विश्वभर कोरोनाबाट निको हुनेको संख्या ४ करोड ८० हजार पुगेको हो । यो कुल संक्रमितको ६९ प्रतिशत हो ।

    यस्तै पछिल्लो २४ घन्टामा विश्वभर ६ लाख ४६ हजारभन्दा बढीमा संक्रमण भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ७८ लाख ८१ हजार ८१८ पुगेको छ ।

    त्यसैगरी दैनिक लगातार ११ हजार हाराहारीको मृत्यु भइरहेको बेला पछिल्लो २४ घन्टामा १० हजार ९५१ जनाको ज्यान गएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १३ लाख ७६ हजार ६७३ पुगेको छ ।

    दोस्रो लहरको संक्रमण उच्च भएको युरोपमा मात्रै पछिल्लो २४ घन्टामा ५ हजार २१८ जनाको मृत्यु भएको छ । युरोपेली मुलुकमा कोरोनाले सबैभन्दा धेरै बेलायतमा ५४ हजारभन्दा बढीको मृत्यु भएको छ ।

    बेलायतमा पछिल्लो २४ घन्टामा ५११ संक्रमितको मृत्यु भएसँगै त्यहाँ मृतकको कुल संख्या ५४ हजार २८६ पुगेको छ । बेलायतपछि इटालीमा सबैभन्दा बढीको मृत्यु भएको छ । इटालीमा अहिलेसम्म ४८ हजार ५६९ जनाको मृत्यु भएको छ । यस्तै धेरै संक्रमित मृत्यु हुने युरोपेली मुलुकमध्ये फ्रान्स तेस्रो स्थानमा छ । फ्रान्समा ४८ हजारभन्दा बढीको मृत्यु भएको छ ।

    संक्रमणको दोस्रो लहरसँग युरोपका अधिकांश देशले प्रतिबन्धका नयाँ नियमहरु जारी गरेका छन् । बेलायत, इटाली, फ्रान्स लगायतका मुलुकले कतै लकडाउन, कतै निषेधाज्ञा त कतै कफ्र्यू नै जारी गरेका छन् ।

    विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ६४ लाख २४ हजार ६८० पुगेको छ । त्यस्तै उपचार गराइरहेकामध्ये १ लाख २ हजार १८६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया