• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    सिंह र आलेको गिरफ्तारी बिरुद्ध नेकपाको बिज्ञप्ति, तत्काल रिहा नगरे सम्झौताहिन संघर्ष गर्ने चेतावनी

    2.3K
    SHARES


    काठमाडौँ । बिद्रोही नेपाल कम्युनिस्ट पार्टीका पाल्पा जिल्ला इन्चार्ज पूर्ण सिंह र जिल्ला सदस्य मिन बहादुर आलेको गिरफ्तारी बिरुद्ध नेकपा लुम्बिनी ब्युरोले बिज्ञप्ति जारी गरेको छ । ब्यूरो इन्चार्ज भीमले शुक्रबार जारी गरेको बिज्ञप्तिमा जिल्ला इन्चार्ज सिंह र मगर मुक्ति मोर्चा नेपालका नेता मिनबहादुर आले मगरलाई सरकारले तत्काल रिहा कडा संघर्ष गर्ने चेतावनी  पनि दिएको छ ।

    उक्त गिरफ्तारीको घोर निन्दा एवं भत्र्सना गर्दै इन्चार्ज भीमले सिंह र मगरको रिहाइका लागि बुद्धिजीवी, मानवअधिकारकर्मी एवम् सरोकारवाला सबैलाई पहल गरिदिन हार्दिक अनुरोध गरेक्जा छन्। शान्तिपूर्णरुपमा पार्टी कामको सिलसिलामा रहेका सिंह र आलेमगरलाई बुटवल दीपनगरबाट गिरफ्तार गरी विस्फोटक पदार्थ बोकेका जस्ता झुठो र नक्कली मुद्दा लगाएर फसाउन खोजिएको भीमले बिज्ञप्ति मार्फत जनाएका छन् ।

    यस्तै बिज्ञप्ति मार्फत देशको राष्ट्रियता, जनतन्त्र र जनजीविका अस्तव्यस्त भएको बेला त्यसको समस्या समाधान गर्नुको साटो नेता कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने, जेल हाल्ने र धरपकड गर्ने जस्ता सरकारको फासिवादी र आततायी  कदमका विरुद्ध पार्टीले सम्झौताहीन सङ्घर्ष गर्ने चेतावनी इन्चार्ज भीमले दिएका छन् ।

    बिज्ञप्तिमा भनिएको छ ।- ‘देशको राष्ट्रियता, जनतन्त्र र जनजीविका अस्तव्यस्त बनिरहेको अवस्थामा सामाजिक दलाल पुँजीवादी केपी वली नेतृत्वको सरकारले जनताको समस्याहरुको समाधान गर्नुको सट्टा हाम्रो पार्टीका नेता–कार्यकर्ताहरूलाई गिरफ्तार र धरपकड गरिरहेको छ । राष्ट्रघात, जनघात, सत्ताको लुछाचुँडी, भ्रष्टाचार, तस्करीजस्ता एकपछि अर्को हर्कत गरी ब्रम्हलुट मच्चाइरहेको छ ।’

    इन्चार्ज भीमले प्रेस वक्तव्यको अन्त्यमा भनेका छन्, ‘यो अवस्थामा हाम्रो पार्टीले वैज्ञानिक समाजवादी सत्ता प्राप्तिको सङ्घर्ष अघि बढाइरहेको बेला हाम्रो पार्टीका नेता–कार्यकर्ताहरूलाई गिरफ्तार गर्ने, जेल हाल्ने, हिरासतमा राख्ने जस्ता सरकारको आततायी र फासिवादी कदमका विरूद्व हाम्रो पार्टीले सम्झौताहीन सङ्घर्ष गर्ने जानकारी गराउँदछौं । साथै गिरफ्तार गरिएका कमरेडद्वय सिंह र आले मगरलाई रिहाइका लागि पहल गरिदिन बुद्धिजीवी, मानवअधिकारकर्मी एवं सरोकारवाला सबैलाई हार्दिक अनुरोध गर्दछौं ।’

    यस्तै इन्चार्ज पूर्ण सिंहको परिवारलाई समेत प्रहरीले आतंकित बनाएको खबर संचारकेन्द्रलाई प्राप्त भएको छ । नेता सिंहको श्रीमती बसेको कोठामा सिभिल प्रहरी मध्यराति १२ बजे पुगेर कोठा खान तलासी गरेर आतंकित बनाएको बताइएको छ । साथै प्रहरीले कोथाममा भएका सरसामानहरु पनि लिएर गएको छ । यसरी विचार र आस्था राखेकै कारण परिवारलाई समेत आतंकित बनाउनु भनेको गम्भीर मानव अधिकारको समेत उल्लंघन हो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया