काठमाडौँ । अज्ञात समूह र प्रहरीबीच दोहोर गो’ली हा’नाहा’न भएको एक हप्ता नबित्दै सङ्खुवासभामा पुनः वम भेटिएको छ । जिल्लाको पाँचखपन नगरपालिका–४ फापुङमा अ’ज्ञा’त समू’हले ब’म राखेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
वाना–खाँदबारी सडकखण्डमा राखिएको उक्त ब’म नेपाली सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रवक्ता सन्तोष बुढाथोकीले जानकारी दिएका छन्। राति अ’ज्ञात स’मूहले सो सडकखण्डमा बेवारिसे ब’म राखेको थियो । उक्त बेवारिसे ब’म बिहिबार बिहान ८ बजे बराह दल गुल्लको टोलीले निष्क्रिय पारेको प्रवक्ता बुढाथोकीले बताए ।
ब’म कसले र कुन उद्देश्यले राखेको भन्ने खुल्न नसके पनि पछिल्लो गतिविधिका आधारमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कार्यकताले राखेको हुन सक्ने प्रवक्ता बुढाथोकीको भनाइ छ । ब’म राख्ने समूहको खोजी तीव्र पारिएको बताइएको छ ।
खाँदबारी–वाना सडक खण्डमा शङ्कास्पद वस्तु देखेपछि स्थानीयवासीले इलाका प्रहरी कार्यलय वानामा खबर गरेका थिए । सङ्खुवासभामा यही मङ्सिर १ गते चैनपुर नगरपालिका–४ मैदानेमा नेकपा कार्यकर्ता र प्रहरीबीच गो’ली हा’नाहा’न भएको समाचार बाहिरिएको थियो ।
उक्त घटनामा संलग्न भएका आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरिएको जनाएको छ । नेकपा कार्यकर्ताले पछिल्लो समय सङ्खुवासभामा आफ्नो गतिविधि बढाएपछि प्रहरीले पनि सक्रियता बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यता बिद्रोही नेकपाका एक नेतासँग सञ्चारकेन्द्रले टेलिफोन सम्पर्क गर्दा पार्टीले जिम्मा नलिएको घटनामा पार्टीलाई बार बार जोडेर बद्नाम गर्न मात्र खोजिएको बताएका छन् । पार्टीले बिज्ञप्ति मार्फत आधिकारिक जिम्मा नलिएका घटनामा पार्टीलाई नजोड्न समेत उनले संचारकर्मीहरुलाई अनुरोध गरेका छन् ।
ओली सरकारले अज्ञात समूहले गरेका गलत गतिविधिलाई समेत आफ्नो पार्टीलाई जोडेर दमन गर्ने नीति लिएका कारण आफ्ना पार्टीका नेता र कार्यकर्तालाई थप धरपकड गर्न यस्तो नभएको आरोप लगाएको उनले बताए ।
प्रतिक्रिया