• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    नेकपा पाल्पाका इन्चार्ज सिंह गिरफ्तार, कहाँबाट समात्यो प्रहरीले ?

    1.5K
    SHARES

    बुटवल । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका युवा नेता तथा पाल्पा जिल्ला इन्चार्ज पूर्णबहादुर सिंहलगायत अन्य २ जना नेता गिरफ्तार भएका छन् ।सिंह र अर्का जिल्ला सदस्य मिन बहादुर आलेलाई बिहिबार बिहान प्रहरीले रुपन्देहीबाट गिरफ्तार गरेको नेकपाले सञ्चारकेन्द्रलाई जानकारी दिएको छ ।

    नेकपाको लुम्बिनी ब्यूरोका एक जना ब्यूरो सदस्यले सञ्चारकेन्द्रलाई दिएको जानकारी अनुसार पार्टी कामको सिलसिलामा रहेका उनीहरु दुबै जनालाई बुटवलको प्रहरीले गिरफ्तार गरेको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको जिप्रका रुपन्देहीले जनाएको छ ।

    यसअघि पनि सिंहलाई अर्घाखाची प्रहरीले गिरफ्तार गरेर लामो समय हिरासतमा राखेको थियो । आन्तरिक गद्दारीका कारण सिंह र आलेलाई गिरफ्तार गरिएको हुनसक्ने आशंका पार्टीले गरेको छ । यसअघि पनि रुपन्देहीका जिल्ला सेक्रेटरीसहित १० जना नेता कार्यकर्ता गिरफ्तार परेका थिए । त्यसबेला पनि पार्टीले निलम्बन गरेकाहरुको सुराकीका कारण नेता कार्यकर्ता गिरफ्तार परेको आशंकामा अनुसन्धान गरिरहेको छ ।

    हालै बसेको नेकपा सचिवालयको अनौपचारिक बैठकले तय गरेको डेढ महिने अभियानको शिलशिलामा पार्टी काममा रहेका उनीहरु गिरफ्तार परेपछि लुम्बिनी ब्यूरोमा पुनः पार्टी भित्रकै सुराकीहरुको खोजि गर्नुपर्ने निस्कर्षमा आफुहरु पुगेको एक नेताले सञ्चारकेन्द्रलाई बताएका छन् ।

    लुम्बिनीमा लामोसमय काम गरेर पार्टीको कमाण्ड इन्चार्ज समेत भइसकेका विप्लवक दाई बिरजंगदेखि हालसम्मका नेता कार्यकर्ता गिरफ्तारीमा बिगतमा पार्टीकै पत्रकारको नेतृत्व गरिसकेका हाल निलम्बनमा परेका एक जना ब्यक्तिसहित केहि अन्यमाथि पनि पार्टीले आशंका गरेर थप अनुसन्धान गरिरहेको छ ।

    लामो समयदेखि विद्यार्थी आन्दोलनमा रहेर काम गरेका सिंह यसअघि पार्टी निकट अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष थिए । जनयुद्धकालदेखि आन्दोलनमा लागेर संघर्षबाट स्थापित भएका सिंहलाई प्रहरीले पटक-पटक गिरफ्तार गरेर झुट्टा मुद्दामा फसाउने कोसिस गरिरहेको नेकपाले जनाएको छ ।

    पछिल्लो पटक बिद्रोही नेकपामा समेत पुराना नेता कार्यकर्तालाई यो वा त्यो बहानामा पार्टीबाट कारबाही गर्ने, पार्टीबाट हटाउने, फिल्डमा जिम्मा दिए पनि विभिन्न आरोप लगाएर कमजोर बनाउने र शान्ति प्रक्रियापछि आएका आन्दोलनमा खासै लगानी नगरेका व्यक्तिहरुलाई जिम्मा दिने गरेको आरोप केही पुराना कार्यकर्ताले लगाउने गरेका छन् । यस्तै शिलशिलामा पुराना नेता कार्यकर्तालाई भित्रैबाट सुराकी गरेर समेत फसाउने गरिएको एक नेताको भनाई छ ।

    पार्टीको केन्द्रिय समिति बिस्तारको कुरा चलिरहेका बेला केन्द्रिय समितिमा बढुवा हुनसक्ने भनि चर्चामा रहेका सिंहसहितका केहि पुराना नेताहरु गिरफ्तार पर्दै जानुले आन्तरिक समस्या बढेको अनुमान गर्दै नेताहरु चिन्तिक भएको एक ब्यूरो सदस्यले सञ्चारकेन्द्रलाई बताए । एक पटक गिरफ्तार परेर रिहा भइसकेपछि कम्तिमा ३ महिना बढीमा ६ महिना आराम गर्न दिएर मात्र पार्टी काममा लगाउने नीति नेकपाले लिएको छ । त्यस हिसावले सिंहको गिरफ्तारीलाइ पार्टीका धेरै कार्यकर्ताले रहस्यमय भनेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ