• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका समाचार

    चर्चित पत्रकार गोकर्ण गौतमको निधन

    443
    SHARES

    काठमाडौं । सिने क्षेत्रका चर्चित पत्रकार गोकर्ण गौतमको २९ बर्षको कलिलो उमेरमा निधन भएको छ। गौतमको बिहीबार बिहान न्यूरो अस्पताल बाँसबारीमा उपचारको क्रममा निधन भएको परिवारले जनाएको छ।

    टाउकोको नसा सुनिएको देखिएपछि ३ दिन अगाडी उनी अस्पताल भर्ना भएका थिए। न्यूरो अस्पतालमा उनको शल्यक्रिया भएको थियो। शल्यक्रिया सफल नहुँदा उनको निधन भएको बताइएको छ। हाल उनी कान्तिपुर दैनिकमा उपसम्पादकको रुपमा कार्यरत थिए।

    पत्रकारितामा स्नातकोत्तर गरेका उनी हेटौंडाका स्थायी बासिन्दा हुन। गौतमले काठमाडौँमा बसेर पत्रकारिता गर्दै आएका थिए ।
    उनले अंग्रेजी पत्रिका न्यूपेपर, देशान्तर, नेपाल म्यागजिनमा पनि काम गरेका थिए। उनका श्रीमती, आमाबुवा र तीन दाइ छन्। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया