• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    अमेरिकामा २ लाख ५६ हजारभन्दा बढी संक्रमितको मृत्यु

    431
    SHARES

    काठमाडौँ- अमेरिकामा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ५६ हजार नाघेको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ९५६ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ५६ हजार २५४ पुगेको छ ।

    त्यहाँ कोरोना भाइरसको संक्रमण झन् झन् बढ्दै गएको छ । अमेरिकामा करिव एक महिनायता दैनिक एक लाखभन्दा बढीमा संक्रमण देखिँदै आएको छ ।

    गत शनिबार अहिलेसम्मकै धेरै १ लाख ८३ हजार ५२७ जनामा संक्रमण देखिएको अमेरिकामा आज बिहिबार पनि १ लाख ७३ हजार ६३२ संक्रमित थपिएका छन् ।

    योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या १ करोड १८ लाख ७३ हजार ७२७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ७१ लाख ६६ हजार ९९६ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ४४ लाख ५० हजार ४७७ जनामध्ये २२ हजार १९५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया