• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    नेसन्स लिगः बेल्जियम र इटाली फाइनलमा प्रवेश

    419
    SHARES

    एजेन्सी । बेल्जियम युरोपियन नेशन्स लिग फुटबलको अर्को फाइनल्स चरण पुगेको छ । समूह चरण अन्तर्गत बुधबार राति भएको अन्तिम खेलमा डेनमार्कलाई ४-२ ले पराजित गर्दै समूहको शीर्ष स्थानमा रहँदै बेल्जियम अर्को चरण पुगेको हो ।

    घरेलु मैदानमा भएको खेलमा बेल्जियमको जितमा रामेलु लुकाकुले दुई गोल गरे । यस्तै यूरी टिएल्मन्स र केविन डी ब्रुयनाले एक–एक गोल गरे । डेनमार्कका लागि जोनास विण्ड एक गोल गरे । बेल्जियमका नासर चाड्लीले आत्मघाती गोल गरेका थिए ।

    तेस्रो मिनेटमा नै यूरीले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएको खेलमा १७ औँ मिनेटमा विण्डले डेनमार्कका लागि बराबरी गोल गरे । लुकाकुले ५७ र ६९औँ मिनेटमा गोल गर्दै बेल्जियमलाई ३-१ मा पुर्‍याए । ८६औँ मिनेटमा चाड्लीले आत्मघाती गोल गरेर डेनमार्कको खातामा एक गोल थपे ।

    डी ब्रूयनाले ८७ औँ मिनेटमा गोल गरि बेल्जियमको ४-२ को जित निश्चित गरे । फाइनल्स चरणका खेलमा अब बेल्जियम फ्रान्स, इटाली र स्पेनबीच खेल हुनेछ । फाइनल्स चरणका खेल २०२१ को अक्टोबरमा हुनेछ ।

    समूह कै अन्य खेलमा इङ्ल्याण्डले १० खेलाडीमा सिमित आइसल्याण्डमाथि ४० को सहज जित हासिल गर्यो । इङ्ल्याण्डको जीतमा फिल फोडेनले दुई तथा डेल्कन राइस र मेसन माउन्टले एक–एक गोल गरे ।

    अन्य खेलमा इटालीले बोस्निया हर्जगोभिनालाई २० ले पराजित गर्दै प्रतियोगिताको फाइनल्समा स्थान बनायो । नेदरल्याण्डले पोल्याण्डलाई २१ गोल अन्तरले हराए पनि फाइनल्समा पुग्नबाट बञ्चित रह्यो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया