• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    विश्वकप छनोटमा अर्जेन्टिनाको तेस्रो जित

    421
    SHARES

    काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले तेस्रो जित हात पारेको छ । बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले पेरुलाई उसैको मैदानमा २-० ले पराजित गरेको हो ।

    अर्जेन्टिनाले दुवै गोल पहिलो हाफमा गरेको हो । पेरुको मैदानमा भएको खेलको १७औं मिनेटमा निकोलस गोन्जालेजले गोल गर्दै अर्जेटिनालाई अग्रता दिलाएका थिए । २८औं मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । दोस्रो हाफमा भने कुनै गोल हुन सकेन ।

    छनोट चरणमा अपराजित यात्रा कयाम राखेको अर्जेन्टिना ४ खेलबाट १० अंक जोड्दै दोस्रो स्थानमा छ । अर्जेनटिना बाहेक ब्राजिल र पाराग्वे पनि छनोटमा अपराजित रहेको छ । लगातार चौथो जित हात पार्ने क्रममा उरुग्वेलाई २-० ले पराजित गरेको ब्राजिल १२ अंकसहित शीर्ष स्थानमा छ ।

    यस्तै दाेस्राे खेल पनि जित्न सफल भएकाे थियाे, दोस्रो खेलमा नेपालले बरारबरी खेलेपनि मुजिब बोर्सो फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिजको ट्रफी भने बंगलादेशले जितेको छ ।

    सिरिजको पहिलो खेलमा शुक्रबार नेपाल घरेलु टोलीसँग २–० गोल अन्तरले पराजित भएको थियो ।
    आजको  खेलमा बंगलादेशलाई ३–० गोल अन्तरले पराजित गर्न सकेको खण्डमा मात्र नेपाल उपाधि जित्ने सम्भावना थियो,  तर, खेलाडीहरुले गोल गर्न भने सकेनन् ।

    अनुभवी खेलाडी भरत खवासलाई टिमको कप्तानी दिएपनि उनी खेलको १९ औं मिनेटमा नवयुग श्रेष्ठसँग सब्स्टीच्युट भए खवास मैदानबाट बाहिरिएपछि कप्तानी गोलरक्षक किरण कुमार चेमजोङले गरिरहेका छन् ।

    कोरोना भाइरसको संक्रमण फैलिएपछि सरकारले फागुन अन्तिमदेखि नै खेलकुदका गतिविधिमा प्रतिवन्ध लगाएको थियो त्यसयता नेपालले बंगलादेशसँग खेलेको खेल नै पहिलो हो ।

    अब भने नेपाल सरकारले खेल गतिविधि सुचारुका लागि अनुमति दिइसकेको छ । त्यसैले छठ पछि फुटबलको पनि नियमित अभ्यास सुरु हुने अपेक्षा गरिएको छ ।

    दोस्रो खेलमा मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले सुरुवाती ११ मा केही परिवर्तन गरेका थिए । जसमा रक्षापंक्तिमा पहिलो खेलमा सुरुवाती ११ मा परेका अजित भण्डारी र सुमन अर्यालको स्थानमा छिरिङ गुरुङ र रञ्जित धिमाल मैदानमा उतारिएको थिइ ।

    मिडफिल्डमा अनुभवी खेलाडी विक्रम लामाको स्थानमा पहिलो मैत्रीपूर्ण खेलमा डेब्यु पाएका एरिक बिष्ट सुरुवाती ११ मा परे । फरवार्डमा भरत खवास र दर्शन गुरुङले सम्हालेका थिए तर, खेलको १९ औं मिनेटमा भरतको स्थानमा नवयुग श्रेष्ठ मैदान छिरे ।

    आजको खेलमा शेसेहाङ आङ्दाम्बे र पुजन नगरकोटीले राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन् । उनीहरु दुवै खेलाडी सब्स्टीच्युटका रुपमा मैदान प्रवेश गरेका थिए ।

    यसैबीच नेपाल र बंगलादेशबीचको खेल हेर्न रंगशाला पुगेका एक दर्शक मैदान छिरेपछि केही समय खेल अवरुद्ध भएको थियो ।
    उनी मैदानमा बंगलादेशका कप्तान जमल बुयानको सेल्फीका लागि पुगेका थिए । जसमा उनले सेल्फी समेत लिए तर, अफिसियल र सुरक्षा गार्ड आएर उनलाई मैदानबाट बाहिर निकालेका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया