• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    कोरोना संक्रमित बढेसँगै दिल्लीमा फेरि लकडाउन

    413
    SHARES

    काठमाडाैँ । कोरोना भाइरस संक्रमितको संख्या बढ्दै जाँदा दिल्लीमा फेरि लकडाउन गर्ने मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका छन् । उनका अनुसार केन्द्रीय सरकारसँग उनीहरुले लकडाउन गर्न अनुमति दिन अनुरोध गरेका छन् ।

    पछिल्लो समय दिल्लीका मुख्य क्षेत्रहरुमा कोरोनाभाइरसको प्रभाव बढ्दै जाँदा र दिल्ली हटस्पट बन्दै जाँदा यो लकडाउन लगाउन केजरीवालले चाहेका हुन् ।

    यसका साथसाथै दिल्लीमा अब वैवाहिक कार्यक्रममा पनि ५० जनाभन्दा बढी सहभागी हुन नपाउने भएका छन् । यसअघि दिल्लीमा २ सय जनालाई वैवाहिक कार्यक्रममा उपस्थित हुने अनुमति दिइएको थियो ।

    दीपावलीमा मानिसहरुले मास्क नलगाइ कार्यक्रमहरुमा सहभागी भएकाले दिल्लीमा कोरोना संक्रमित अब ह्वात्तै बढ्न सक्ने पनि उनले बताएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया