• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खानपिन जीवनशैली

    बच्चाको लागि जंकफुड होइन यी खानेकुरा जरुरी छ

    439
    SHARES

    बालबच्चालाई खुसी बनाउन होस् वा रोएको बखत फकाई–फुल्याई गर्न, धेरैजसो आमाबुवाले चिप्स, चिजबल, कुरकुरे, चाउचाउ, चकलेट, बिस्कुट आदि दिने गर्छन् । यसको विकल्पमा स्याउ, उसिनेको आलु, गाईको दुध हुँदो हो त के हुन्थ्यो ?

    सामान्यतः हामीले देख्दै-भोग्दै आएका छौं, जंकफूड दिएपछि बच्चा जति खुसी हुन्छन् स्याउ वा यस्ता अन्य खानेकुराबाट त्यती खुसी हुँदैनन् । किन ? किनभने हामीले उनीहरुको खानपानको संस्कार नै बिगारेका छौं । आमाको दुध चुस्न छाडेदेखि नै शिशुको मुखमा चिजबल राखिदिएका छौं, चाउचाउ कोचिदिएका छौं । यसरी उनीहरुलाई थाहै नपाई जंकफूडको लतमा पारेका छौं । जंकफूडले के गर्छ त ?

    जंकफूड आफैमा स्वस्थ्यकर खानेकुरा होइनन् । यसको सेवनले उनीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्छ । यो असरबारे आमाबुवालाई त्यसबेला मात्र हेक्का हुन्छ, जतिबेला बच्चालाई यस्तो खानेकुरा नभई हुन्न । त्यसैले अब जरुरी छ, बच्चालाई स्वस्थ्यकर खानेकुरामा बानी पार्न । जस्तो कि, गाईको दुध, घरमै फलेको केरा, स्याउ, सुन्तला, सखरखण्ड, आलु । यस्ता खानेकुरा उनीहरुका लागि यसकारण जरुरत हुन्छ कि, उनीहरुको शारीरिक र मानसिक विकास यथोचित रुपमा हुन सकोस् ।

    बच्चालाई शरीरमा अत्याधिक तागत दिने किसिमका खाना खान दिनु पर्छ । तर धेरै क्यालोरी भएको खाना दिनु हुन्न, त्यस्ता खानाले शरीरमा बोसो बढाउने काम गर्छ भने आवश्यकता अनुरुप तागत भने दिदैन । धेरै क्यालोरी भएका खानाले बच्चालाई नोक्सान पुर्याउनुका साथै बच्चाको खाने बानी पनि बिगार्ने काम गर्छ ।

    केरामा त्यस्ता धेरै तत्वहरु समावेश हुन्छन्, जसको आवश्यकता बच्चालाई स्वस्थ्य रहनका लागि हुन्छ । केरामा फाइबर, पोटासियम, भिटामिन सी र भिटामिन बी ६ प्रचुर मात्रामा हुन्छ । केराको प्यूरी मफीन अथवा प्यान केके बनाएर पनि खुवाउन सकिन्छ । आरु पौष्टिक गुणहरुले भरिपुर्ण छ । आरुमा अत्याधिक मात्रा फाइबर, भिटामिन ए र भिटामिन सी पाइन्छ ।

    यदि तपाईको बच्चालाई आरु मन पर्दैन भने आरुको जुस बनाएर खाना दिन सकिन्छ । यसको मिल्क शेक बनाएर खान दिदा बच्चा रमाउँदै खान्छन् । बच्चाको लागि नासपाती उपयुक्त पोषक तत्व भएको फल मानिन्छ । नासपातीको स्वाद पनि मिठो हुनुको साथै यसमा फाइबर, आइरन, भिटामिन बी ६ र भिटामिन सी अत्याधिक मात्रामा पाइन्छ ।

    मटरलाई पनि बच्चाको खानाको रुपमा एक उपयोगी र राम्रो स्रोतको रुपमा लिन सकिन्छ । मटरमा फाइबर, भिटामिन सी, म्याग्नेसियम, फस्फोरस, भिटामिन ए र बी पाइन्छ । जुन बच्चाको शारीरिक विकासको लागि अति आवश्यक हुन्छ । त्यसैले बच्चाको खानामा मटर समावेश गर्नु आवश्यक छ । मटरलाई जाउलोमा मिसाएर अथवा जुस बनाएर पनि खान सकिन्छ ।

    शखरखण्डमा फाइबर, म्याग्नेसियम, भिटामिन बी ६, भिटामिन ए, भिटामिन सी आदि पोषक तत्व अत्याधिक मात्रामा उपलब्ध पाइन्छ । त्यसैले बच्चा ६ महिना भएपछि शखरखण्ड प्रथम आहारको रुपमा दिन सकिन्छ ।

    मासुले बच्चालाई धेरै पोषण दिने भएकोले यसलाई बच्चा ८ महिना भएपछि नै खान दिन सकिन्छ । बच्चालाई मासु खान दिदा उमालेर मसिनो बनाएर निल्न मिल्ने गरि खान दिनु पर्छ । यसका साथै मासुको सुप पनि बच्चाको लागि उपयुक्त हुन्छ । मासुमा भिटामिन ए, बी १२, फस्फोरस आदि उपयोगी तत्वहरु प्राप्त हुन्छ । मासु हप्तामा एक पटक सेवन गर्नु आवश्यक छ ।

    घीउ मन नपर्ने व्यक्ति शायदै कोहि होला । घीउ सबैको प्रिय हुन्छ । बच्चाको लागि त घीउ अति नै आवश्यक हुन्छ । बच्चा ८ महिना भएपछि घीउ उसको खानामा कम मात्रामा दिन सकिन्छ । बढि मात्रामा घीउको सेवनले पाचन प्रक्रियालाई नकारात्मक प्रभाव पार्न सक्छ ।

    तपाईको बच्चा ८ महिनाको भएपछि उसलाई चिज पनि खान दिन सकिन्छ । चिजमा फस्फोरस, क्याल्सियम र सेलेनियम प्रचुर मात्रामा हुन्छ । बच्चालाई चिज त्यसै पनि खान दिन सकिन्छ । यस बाहेक फ्रूट सलादमा पनि चिज मिसाएर बच्चालाई खान दिन सकिन्छ ।

    बच्चाको लागि नट्स अर्थात बदाम अति नै यपयोगी हुन्छ । बदाम, पेस्ता, काजु, अंजीर जस्ता नट्सको पीनेर दुध अथवा खानामा मिलाएर बच्चालाई खान दिन सकिन्छ । बच्चाले चपाएर खाने भएपछि नट्सको लड्डु अथवा बर्फी बनाएर पनि खान दिन सकिन्छ । तर अत्याधिक मात्रा सेवन गर्नाले बच्चालाई नोक्सान पुर्याउन सक्छ । त्यसैले यसलाई हप्तामा दुई पटक सेवन गर्नु पर्छ । कुनै बच्चालाई नट्स खानाले एलर्जीको समस्या पनि हुन्छ । त्यसैले डाक्टरको सल्लाह लिएर मात्र यसको सेवन गर्नु पर्छ ।

    यदि तपाईंको बच्चाले स्तनपान गर्छ भने एक वर्षसम्मका लागि स्तनपान जस्तो राम्रो र स्वास्थबद्रक खाना अरु कुनै हुँदैन । त्यसपछि दिनमा तीन पटक गाईको दुध सेवन गर्नु बच्चाको लागि उपयुक्त हुन्छ । ओट्सले पनि बच्चालाई पोषण प्रदान गर्छ । ओट्समा चिल्लोको मात्रा कम हुन्छ र यसमा उपयोगी पोषण तत्व अत्यधिक हुन्छ । ओट्समा प्रोटीन बराबरको पोषक तत्व समावेश हुन्छ । ओट्सलाई खीर, प्यान केक र फ्रूट डोसाको रुपमा खान दिन सकिन्छ ।

    एवोकाडोमा धेरै मात्रामा फाइबर हुनुको साथै यसमा चिल्लोको मात्रा पनि कम हुन्छ । यसलाई ब्रेड अथवा रोटिमा हालेर पनि खान दिन सकिन्छ । आलुलाई बच्चाको पहिलो आहार मानिन्छ । नरम हुने भएकोले यसलाई सजिलै मिचेर खुवाउन सकिन्छ । आलू खानाले बच्चालाई कुनै प्रकारको पनि एलर्जी हु“दैन । शुरुमा बच्चालाई ग्यास नहोस् भनेर थोरै आलु सेवन गर्न दिनु पर्छ, पछि यसको मात्रा विस्तारै बढाउ“दै लानु पर्छ ।

    आलुमा खनिज भिटामिन बाहेक केरोटेनोयड्स र प्राकृतिक फिनोयल जस्ता रसायन पनि हुन्छ । आलुमा सबैभन्दा धेरै कार्बेाहाइड्रेट हुन्छ । आलुलाई खिचडी, सुप बनाएर पनि खान दिन सकिन्छ । आठ महिनापछि बच्चालाई अण्डा सजिलै दिन सकिन्छ । अण्डालाई उमालेर, फ्राई गरेर खान सकिन्छ । यसबाहेक खानामा पनि अण्डाको समावेश गर्न सकिन्छ । अण्डालाई पेनकेक बनाएर पनि खान दिन सकिन्छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया