• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय प्रवास

    दुखद खबर: हङकङकाे आगलागीमा परि ७ जना नेपालीको मृत्यु

    567
    SHARES

    काठमाडौं । हङ्कङको जोर्डनमा सञ्चालित एक नेपाली रेष्टुरेन्टमा आगलागी हुँदा नौ वर्षीय बालकसहित सात जनाको मृत्यु भएको छ । आगलागीमा परि १३ जना घाइते भएका छन् । रेष्टुरेन्टमा नेपालीहरुको एक समूहले बर्थ डे पार्टी मनाइरहेका बेला राति करिब ८ बजेतिर आगलागी सुरु भएको थियो ।

    आगलागीमा परी चार पुरुष र तीन महिलाको मृत्यु भएको हो । उनीहरुको उमेर ९ देखि ४० वर्ष छ । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ । एक जना डिस्चार्ज भएका छन् । सो आगलागीमा परेका अधिकांश बाग्लुङका जिल्ला छन् । सो क्षेत्रमा नेपालीहरुको बाक्लो बसोबास रहेको छ ।

    हङकङकी कार्यकारी प्रमुख क्यारी लामले घटनाप्रति दुःखव्यक्त गरेकी छन् । साथै घाइतेहरुलाई मदत गर्न र अगलागीको कारण पत्ता लगाउन सम्बद्ध अधिकारीहरुलाई निर्देशन खिएकी छन् । घट्नापछि त्यस वरपरका स्थानीयले प्रहरीलाई वताएअनुसार यस क्षेत्रमा भाडामा लगाइएका धेरै भवनमा अग्नि नियन्त्रक उपकरण छैनन् ।

    फ्ल्याट्हरुमा पर्याप्त भाग्ने द्धार र ठाउँहरु छैनन् । यसले गर्दा पनि बढी क्षति भएको सरकारी अधिकारीहले बताएका छन् । समाचार संस्था एपीकाअनुसार त्यहाँ जम्मा भएकाहरु भान्साको पछाडि ट्रयापमा परेका थिए ।

    हङकङबाट प्रकाशित हुने पत्रिका दि साउथ चाइना मर्निङ पोष्टका अनुसार आगलागी भएको भवन ६९ वर्ष पुरानो हो । भाडाका प्रयोजनका लागि बनाइएको भएपनि सुरक्षाका पर्याप्त साधनहरु छैनन् । साथै अनुमति नलिइ रेन्ष्टुरेन्ट संचालन गरिएको र बाहिर कुनै पनि साइनवोर्ड नरहेको प्रहरीले उल्लेख गरेको छ ।

    घटनापछि स्थानीयले भाडामा लगाइएका भवनहरु अनुगमनको माग गरेका छन् । हङकङका सांसद भिनसेन्ट चिन विङ-सनले स्थानीय सञ्चारमाध्यमसँग भनेका छन्, ‘यस क्षेत्रका धेरै पुराना भवनहरुमा अग्नी नियन्त्रक उपकरण छैनन्, धेरै भवनहरुमा एउटा मात्र वाहिरिने द्धार छन् जसले केही भएमा भाग्नलाई कठिन छ ।’

    यस पटकको आगलागी सन् २०११ यताकै सबैभन्दा ठूलो भएको सरकारी अधिकारीहरुले बताएका छन् । त्यतिवेला ९ जनाको मृत्यु भएको थियो भने ३४ जना घाइते भएका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया