• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    रोचक-विचित्र

    अमेरिकामा भेटियो अच्चमको कुकुर, जसलाई देख्ने जति हैरान

    2.1K
    SHARES

    काठमाडाैँ । संसारमा अनौठा घटनाहरु घट्ने गरेका छन् । भर्खरै अमेरिकाको मिसौरीमा त्यस्तै घटना सार्वजनिक भएको छ, जहाँ एउटा कुकुरको निधारमा पुच्छर पलाएको छ, निधारमा पुच्छर पलाएको कुकुरको छाउरा मिसौरीको सडकमा देखिएपछि जनावर उद्धारकर्मीहरुले उक्त कुकुरलाई त्यहाँबाट उद्धार गरी संरक्षण केन्द्रमा लगेका थिए ।

    कुकुरको त्यो बच्चा अमेरिकाको मिसौरीस्थित सडकमा भेटिएको थियो । अभियानकर्ताहरुले कुकुरलाई त्यहाँबाट लिएर गएका थिए । उक्त कुकुरको नाम नरवाल रहेको छ । यो कुकुर दश महिनाको भएको छ । कुकुरको रेखदेख गर्ने संस्थापक रोशेल स्टीफनले यसलाई जादुई जीव भनेका छन् ।

    उनले नरवाललाई भेटेर आफू खुसी भएको पनि बताएका छन् । निधारमा आएको पुच्छर हेर्नलाई मानिसहरुको भीड लाग्ने गरेको छ । साथै सेल्फी खिच्नका लागि मानिसहरु मरिहत्ते गरिरहेका छन् । कुकुरको निधारमा पुच्छर आएपछि त्यसलाई अस्पताल लगिएको छ । साथै कुकुरको एक्सरा पनि गराइएको छ ।

    त्यस्तै नाकमा पुच्छर पलाएको कुकुर हेर्नेको भीड लागेको छ, मानिसहरु उक्त कुकुरसँग सेल्फी लिन तछाडमछाड गरिरहेका छन् । निधारमा पलाएको पुच्छरको परीक्षणका लागि उक्त कुकुरलाई पशु अस्पताल लगिएको थियो, त्यहाँ कुकुरको एक्सरे गराइयो । त्यसक्रममा उक्त पुच्छरमा हड्डी नभएको पाइयो । त्यो केवल छाला र मासुको फित्ताजस्तो मात्र रहेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया