काठमाडाैँ । नेपालमा हाल उल्लेखनीय रूपमा मौसमी प्रणालीको विकास नभए पनि केही उच्च हिमाली भूभागमा भने हिमपातकाे सम्भावना केही रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
त्यस्तै महाशाखाका अनुसार आज दिन भरको मौसम सामान्य रहने बताएको छ, विभागका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भु-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भु-भागमा आंशिक बदली रहनेछ । सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यसैगरी सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया