• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Corona Update Highlights

    अमेरिकामा थपिए एकै दिन १ लाख ५७ हजार बढी संक्रमित, विश्वमा १३ लाख बढीको मृत्यु

    2
    SHARES

    काठमाडाैँ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख नाघेको छ । कोरोनाका कारण विश्वका हालसम्म २ सय १५ मुलुकका गरी कूल १३ लाख १८ हजार ३८ जनाले ज्यान गुमाएका छन् ।

    पछिल्ला विवरणहरु अनुसार कोभिड–१९ बाट सङ्क्रमित हुनेको संख्या विश्वभर ५ करोड ४३ लाख १८ हजार पुगेको छ । त्यस्तै कूल सङ्क्रमितमध्ये ३ करोड ७८ लाख ६६ हजार निको भएका छन् भने करीब १ करोड ५१ लाख ३४ हजारभन्दा सक्रिय सङ्क्रमित छन् ।

    कोरोना भाइरसका संक्रमितमध्ये विश्वभर अझै पनि ९८ हजार व्यक्तिको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ सङ्क्रमितको संख्या १ करोड १२ लाख २६ हजार नाघिसकेको छ ।

    अमेरिकामा हालसम्म कोरोना संक्रमणपछि २ लाख ५१ हजारभन्दा बढीको ज्यान गएको छ भने ६ लाख ८९ हजारभन्दा बढी निको भइसकेका छन् । अमेरिकामा पछिल्लो २४ घण्टामा १ लाख ५७ हजारभन्दा बढी संक्रमित थपिएका छन् भने १ हजार २ सय ६० जनाले पछिल्लो २४ घण्टामा ज्यान गुमाएका छन् ।

    पछिल्लो विवरण अनुसार विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको भारतमा ८८ लाख १४ हजार ९०० जना सङ्क्रमित भएका छन् । भारतमा कोरोना संक्रमणपछि १ लाख २९ हजार जनाको ज्यान गइसकेको छ ।

    पछिल्लो २४ घण्टामा भारतमा ४१ हजार ६ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् भने ४ सय ४९ जनाले ज्यान गुमाएका छन् ।

    त्यस्तै ब्राजिलमा करिब ५८ लाख ४८ हजार ४८ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भएकामा १ लाख ६५ हजार ६५३ जनाको मृत्यु भएको छ ।

    यस्तै युरोपेली मुलुक फ्रान्समा १९ लाख ५४ हजार ५९९ हजार कोरोना संक्रमित थपिएका छन् । यहाँ पछिल्लो २४ घण्टामा ३२ हजार संक्रमित थपिएका छन् । यस्तै २४ ३ सय ५४ जनाले ज्यान गुमाएका छन् ।

    खोप विकास गरिसकेको घोषणा गरेको रसियामा पनि १९ लाख ३ हजार कोरोना संक्रमित पुगेका छन् ।

    रसियामा पछिल्लो २४ घण्टामा करीब २२ हजार ७ सय नयाँ संक्रमित थपिएका छन् ।

    युरोपेली मुलुकहरु खासगरी फ्रान्स, रसिया, स्पेन र बेलायतमा कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ ।

    नेपालमा हालसम्म २ लाख ८ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनाका कारण हालसम्म १ हजार २ सय १५ जनाले ज्यान गुमाएका छन् भने १ लाख ७० हजार ६३२ जना निको भएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ