• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    जीवनशैली यौन स्वास्थ्य

    यस्तो छ दाँत माझ्ने सही तरिका, कुन बेला कसरी ? ध्यान दिनुहाेस् यी ७ कुरा

    6
    SHARES

    काठमाडौँ । दाँत शरीरको एउटा यन्त्र नै हो । यसले शरीरलाई आवश्यक खाने कुरालाई एक प्रक्रियामा ढालेर पाचन प्रणालीमा पठाउँछ । दाँत सौन्दर्यमा पनि महत्वपुर्ण छ । त्यसैले यसको नियमित सफाइ हुनुपर्दछ । विभिन्न अध्ययन र चिकित्सकका सुझावलाई आधार मान्दै हामीले यहाँ दाँत माझ्दा ध्यान दिनुपर्ने ७ तरिका प्रस्तुत गरेका छौँ-

    १. कुल्ला ? खाना खाएपछि अनिवार्य रुपमा मज्जाले मुख कुल्ला गर्नु पर्दछ । मुख कुल्ला गर्दा दाँतमा अड्किएका खानाका टुक्राहरु निस्कने गर्दछन् र सड्न पाउँदैन ।

    २. धेरै नरगड्ने ? दाँत माझ्दा ब्रसले धेरै रगड्यो भने दाँतको इनामेल जान्छ । साथै यसले दाँतको क्षमता र गिजाँमा समेत घाउ बनाउन सक्छ । तसर्थ ब्रस गर्दा बिस्तारै गर्नु पर्दछ ।

    ३. सही पेष्टको छनौट ? दाँत माझ्न प्रयोग गरिने पेस्ट सही हुनु पर्दछ । बजारमा पाइने अनेकखाले पेष्टको सट्टा चिकित्सकको परामर्शमा आफ्नो दाँत अनुकुलको पेष्ट लिनु बुद्धिमानी हुन्छ ।

    ४. ब्रस ? दाँत माझ्ने ब्रस नरम हुनुपर्छ । आर्कषक देखिने ब्रसले दाँत माझ्दैमा किरा लाग्दैन भन्ने हुँदैन । ब्रसको ब्रिस्टल सानो हुनुपर्छ ।

    ५. माझ्ने तरीका ? दाँत माझ्दा पहिला खाली ब्रसले दातमा अड्एिको खानाको टुक्राहरु निकाल्ने त्यसपछि मात्र पेस्ट लगाएर १ देखि २ मिनेटसम्म तलमाथि गरेर माझ्नु उपयुक्त मानिन्छ ।

    ६. स्थान ? कतिपय मानिसहरू समय बचत गर्न ट्वाइलेट बस्दा दाँत माझ्ने गर्दछन् । तर, ट्वाइलेट बस्दा दाँत माझ्दा यसले मुख र ब्रस दुबैमा फोहोरी भाइरसको प्रवेश हुन सक्छ । तसर्थ दाँत माझ्दा स्वस्थ स्थानको चयन गर्नु पर्दछ ।

    ७. पटक ? दाँत माझ्ने भन्ने बित्तिकै बिहान मात्र माझ्ने भन्ने बुझ्नु हुँदैन । दाँतलाई अनिवार्य बिहान बेलुकाको खानापछि माझ्नु पर्दछ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया