• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    संक्रमित डा. केसीले भने मेरो उपचार खर्च आफैँ व्यहोर्छु

    7
    SHARES

    काठमाडौं । कोरोना संक्रमित डा. गोविन्द केसीले आफ्नो उपचार खर्च आफैं व्यहोर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार ट्वीट गर्दै डा. केसीको स्वास्थ्यलाभको कामना गर्नुका साथै सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताएका थिए । डा. केसीले स्वास्थ्यलाभको शुभकामनाका लागि धन्यवाद दिएका छन् ।

    तर आफ्नो उपचार खर्च आफैं व्यहोर्ने भन्दै उनले नागरिकप्रतिको कर्तव्य पुरा गर्न आग्रह गरेका छन् । कोरोना संक्रमित विपन्न र दूरदराजका नागरिक, जसलाई निःशुल्क उपचार आवश्यक छ । उनीहरुले अहिलेसम्म उपचार पाउन सकेका छैनन् डा. केसीले भनेका छटन्, सरकारको ध्यान व्यक्ति विशेषको उपचार खर्च बेहोर्नु भन्दा सबै विपन्न नागरिकको उपचार खर्च बेहोर्नेमा हुनुपर्दछ ।’

    साथै उनले आफ्नो १९ औँ सत्याग्रहमा भएका सम्झौता यथाशीघ्र कार्यान्वयन गर्न समते अग्रह गरेका छन् । पटकपटक भएको सम्झौता कार्यन्वयन भएको भए दूरदराजदेखि सबै भेगमा ठूला सरकारी अस्पताल, मेडिकल कलेज बन्ने थिए र त्यहाँका नागरिकले कोरोना साथसाथै सम्पूर्ण रोगको गुणस्तरीय, निःशुल्क, सर्वसुलभ स्वास्थ सेवा पाउने थिए’ उनले भनेका छन् ।

    लामो समयदेखि डाक्टर केसीले मेडिकल क्षेत्रको बिकृति र माफियाहरुका बिरुद्ध अनसन बस्दै, आन्दोलन गर्दै आएका छन् । उनको अनसन आन्दोलनको पक्षमा देशभरका नागरिकले समर्थन गर्ने गरेका छन् । डाक्टर केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा आवश्यक पूर्वाधार र जनशक्तिको प्रबन्ध गरी आगामी शैक्षिक सत्रदेखि एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने माग राख्दै आएका छन् ।

    त्यस्तै सुदूर पश्चिम प्रदेशको गेटा, प्रदेश नं २को बर्दिबासमा सरकारी मेडिकल कलेज स्थापना, हाल स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम गराइरहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका कक्षा सञ्चालन गर्ने, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएस लगायतका कक्षा सञ्चालन गर्नुपर्ने माग राख्दै आएका छन् । उनका यी मागमा पछिल्लो पटक सरकारले सहमति समेत गरेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया