• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    फिपा विश्वकप छनोटमा चिलीको पहिलो जित

    378
    SHARES

    एजेन्सी । फिफा विश्वकप फुटबलको छनोटमा चिलीले पहिलो जित निकालेको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार राति भएको खेलमा चिलीले पेरुलाई २-० गोलले पराजित गरेको हो ।

    चिलीको जितमा अर्टुरो भिडाल नायक बने । चिलीको जितमा दुबै गोल उनले गरे । खेलको २०औँ मिनेटमा भिडालले गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए । ३५औँ मिनेटमा भिडालले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए ।

    त्यसपछि खेलमा थप गोल नहुदा चिलीले २-० को जित निकाल्यो । विश्वकप छनोटमा चिलीको यो पहिलो जित हो । चिलीले ३ खेलमा ४ अंक जोडेको छ । चिली छैठौँ स्थानमा रहेको छ । पेरु १ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया