तनहुँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी तनहुँले जिल्लाकाे घिरिङ गाउँपालिका वडा न ५ च्याचुलमा १३ घरपरिवारलाई खाधान्न तथा स्वास्थ्य सामाग्री बितरण गरेको छ ।
सरकारी प्रतिबन्धको बाबजुद घिरिङका सेक्रेटरी हिमाल खड्काको अध्यक्षता र पार्टी जिल्ला सेक्रेटरी आन्नदको प्रमुख अतिथ्यतामा उक्त राहात वितरण कार्यक्रम सम्पन्न भएको छ । राहत स्वरुप प्रति घर परिवारलाई १ पोका चामल, दाल, नुन तेलगरि २५ हजार बराबरको खाद्यान्न बितरण गरिएको छ ।
राहात वितरण कार्यक्रममा बोल्दै जिल्ला सेक्रेटरी आन्नदले कोभिड-१९ को त्रास अझैपनी कायमै रहेकोले सबैलाई स्वास्थ्यको ख्याल गर्दै आफ्नो दैनिकीलाई सुरक्षित बनाउन आग्रह गरेका छन्। यस्तै उनले कोरोना भाइरसलाई समुदायमा थप फैलिन नदिन पनि सचेत हुन अनुरोध गरेका छन् ।
यस्तै कार्यक्रममा बोल्दै उनले राज्य तथा स्थानीय सरकारलाई समस्यामा रहेका टोल समुदाय र परिवारलाइ निशुल्क पिसिआर जाच गर्ने, संक्रमितलाई अस्पतालको आइसोलेसनमा राख्ने र पिडीतहरुलाई राहत सामाग्री तथा स्वास्थ्य सामाग्री बितरण गर्ने व्यवस्था मिलाउन माग गरेका छन् ।
प्रतिक्रिया